फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीहरु इच्छुक रहेको नेपालका लागि चिनियाँ राजदूतले बताउनु भएको

(GMT+08:00) 2012-03-26 18:53:18

            नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरु इच्छुक रहेको बताउनु भएको छ । नेपाल चीन उद्योग वाणिज्य संघको 12 औँ वाषिकोत्सवको उद्घाटन समारोहमा राजदूत यङले सो बिचार व्यक्त गर्नु भएको हो ।

           चीन सरकारले नेपाललार्इ तातोपानीमा सुख्खा बन्दरगाह निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने बताउँदै राजदूत यङले बताउनुभयो 'दोस्रो व्यापारिक नाका केरुङ सुख्खा बन्दगाह निर्माण्ाका लागि पनि चीनले नेपाल सरकारलार्इ अवगत गराइसकेको छ ।' चीनले नेपाललाई 4 हजार 8 सय 10 वस्तुमा भन्सार सहुलियत दिएको तर नेपालले त्यसको फाइदा लिन नसकेको बारेमा आफ्नो चासो पनि राजदूत यङले सो अवसरमा व्यक्त गर्नुभयो ।

चिनियाँ लगानीकर्ताहरु विशेष गरी नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताउँदै उहाँले त्यसका लागि लगानी वातावरण निर्माण गर्ने काम नेपाल सरकारको हो ।

सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विकासमा समृद्धशाली भइसकेको नेपालको छिमेकी मित्रराष्ट्र चीनबाट लाभ प्राप्त गर्दै आएको बताउनुभयो । उहाँले नेपाल चिनियाँ लगानीकर्तालार्इ स्वागत गर्न उत्सुक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा चिनियाँ लगानी आउन खोजेको बताउनुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह