फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा लाखौं भूदास मुक्तिको स्मृति दिवस

(GMT+08:00) 2012-03-28 15:47:32

            मार्च अठाईस तारिख चीनको तिब्बतका लाखौं लाख भूदास मुक्तिको स्मृति दिवस हो। सन् 1959को मार्च महिनामा तिब्बतमा शान्तिपूर्ण रुपमा "धर्मको आर्डमा गरिएको राजनीति"सम्बन्धी समन्ती भूदास व्यवस्था खारेज गरिएको थियो। अब 53 वर्ष बितिसकेको छ। तिब्बतमा ठूलो परिवर्तन भएर आर्थिक समाजमा ठूलो विकास भएको छ।

            सन् 1959को मार्च महिनामा दलाइ पृथकतावादी समूहले कालो एवम् पछि समन्ती भूदासी व्यवस्थाको समर्थनका लागि सशस्त्र विद्रोह गरेको थियो। सन् 1959 को मार्च अठाईस तारिखका दिन चीनको राज्य परिषदले एउटा आदेश दिएर तिब्बतको स्थायी सरकारलाई भङ्ग गरेपछि तिब्बत स्वायत प्रदेशको तयारी समितिले तिब्बती स्थायी सरकारको अधिकारको सञ्चालन गरेको कुरा सार्वजनिक गरेको थियो। यसबाट तिब्बतमा ‌औपचारिक रुपमा प्रजातान्त्रिक सुधार सुरु भएर "धर्मको आडमा गरिएको राजनीति"सम्बन्धी समन्ती भूदासी व्यवस्था शान्तिपूर्ण रुपमा खारेज गरिएको हो। यसपछि तिब्बती जनताले नयाँ जीवन बिताउन थाले अनि राष्ट्रको मालिक बन्न सफल भए। सन् 2009 को जनवरी उन्नाईस तारिखमा तिब्बत स्वायत प्रदेशको नवौं जन काङ्ग्रेसको दोस्रो सम्मेलनले हरेक मार्च अठाईस तारिखलाई तिब्बती लाखौं भूदास मुक्ति स्मृति दिवसको रुपमा मनाउने गरी तोकेको छ। सन् 2012 को लाखौं तिब्बती भूदास मुक्ति स्मृति दिवसको उपलक्षमा तिब्बत स्वायत प्रदेशका अध्यक्ष पद्मा ठिन्लेले रेडियो तथा टेलिभिजनमार्फत सम्बोधन गर्दै तिब्बती लाखौं भूदासको मुक्ति स्मृति दिवसलाई भव्यरुपमा मनाउने कुरा व्यक्त गर्नुभएको छ। उहाँले 53 वर्षको अवधिमा तिब्बतको सामाजिक उत्पादित शक्ति मुक्त भएर आर्थिक समाजको सकारात्मक विकास भएको र ठूलो आर्थिक विकास भएको कुरा प्रकट गर्नुभयोः

           सन् 2011 मा सारा तिब्बतको उत्पादन मात्रा 60 अर्ब 58 करोड 30 लाख युआन पुगेको र बजेटमा सामान्य बित्तीय आय 5 अर्ब 47 करोड चिनियाँ युआन पुगेको छ। तुलनीय मूल्यको हिसाब गर्दा जुन बेग्लाबेग्लै रुपमा सन् 1959को भन्दा 93.9 गुणा र 48.5 गुणा हुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह