फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा दासमुक्तिको चौथो वर्ष स्वायत्त प्रदेशका अध्यक्षको सन्देश

(GMT+08:00) 2012-03-28 08:23:09

            मार्च महिनाको 28 तारिख अर्थात् तिब्बती दास मुक्तिको चौथो दिवस । तिब्बत स्वायत्त प्रदेशका अध्याक्ष पाढमा चोलीङ्गले 27 तारिख राति टेलिभिजन सन्देश दिंदै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी मार्गमा लागेमा मात्र तिब्बतको भविष्य उज्यालो हुने बताउनुभयो । साथै उहाँले राष्ट्रिय एकीकरण र पृथकताको विरोध गरेर अघि बढेमा तिब्बतले दीर्घकालीन विकासको फड्को मार्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

            उहाँका अनुसार, 53 वर्षअघि लाखौंलाख तिब्बती दासको मुक्तिको तिब्बती इतिहासको नयाँ युग सुरु भएको थियो । 53 वर्षमा केन्द्रको ध्यान, राष्ट्रिय सहयोग र तिब्बतमा विभिन्न जातीहरुको प्रयासमा तिब्बतको अर्थतन्त्र र समाज चौतर्फी रुपमा विकसित भएर विभिन्न जातिका जनताले सुधारको उपलब्धिको साझा उपभोग गर्न पाएका छन्।

           सन् 2011 मा तिब्बतको उत्पादकत्व 60 अर्ब 58 करोड 30 लाख चिनियाँ युआन पुगेर आम्दानी 5 अर्ब 47 करोड चिनियाँ युआन पुगेको छ। गत वर्ष तिब्बती विद्यार्थीको रोजगारी दर 99 प्रतिशत पुगेको छ। तिब्बतको जनसंख्य सन् 1959 को 12 लाख 28 हजारदेखि वृद्धि भएर गत वर्ष 30 लाख 30 हजारसम्म पुगेको छ। त्यसमध्ये 90.48 प्रतिशतले तिब्बती जातीयताका हुन्। सरदर उमेर सन् 1959 को 35.5 देखि वृद्धि भएर 67 वर्षसम्म पुगेको छ।

           साथै तिब्बती जनताको राजनैतिक अधिकार पूर्णरुपमा सुरक्षित गरिएको छ। तिब्बतको धार्मिक स्वतन्त्रताको सम्मान गरिनुका साथै परम्परागत साँस्कृतिक विकास गरिएको छ भने पर्यावरणमा गरिएको निरन्तर सुधारले तिब्बत विश्वमै राम्रा क्षेत्रहरुमध्येमा गनिएको छ ।

            तर तालाक्षको नेतृत्वमा रहेको पूरानो तिब्बतको विछाडि शक्तिले तिब्बती जनताको शान्तिपूर्ण तथा सुखमय जीवनलाई विग्रन खोजिरहेको छ। यद्यपि तालाई र तालाई समूहले कून गतिविधि चाले तापनि तिब्बती जनताले पृथकताको विरोध र राष्ट्रिय एकीकरणको सुरक्षा गर्ने धारणामा परिवर्तन नगर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह