फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जाति बसोबास क्षेत्र र चीनको भित्री भूमिबीच जन-ओहोर-दोहोरबाट समाजको मेलमिलापयुक्त विकासलाई फाइदा

(GMT+08:00) 2012-03-28 17:03:18

           नयाँ चीनको स्थापना भएपछि भित्री भूमिका धेरै जनता तिब्बत गएर उताको निर्माण कार्यलाई सहायक दिन्छन र तिब्बती नागरिकले पनि सिक्न वा रोजगार पाउन भित्री भूमि आएका छन्। त्यसबाट तिब्बती क्षेत्र र भित्री भूमिका विभिन्न जातिबीचको आदान-प्रदान तथा आवत-जावतलाई फाइदा पुगेको छ। तिब्बती क्षेत्र र भित्री भूमिका विभिन्न जातिले चीनको आधुनिकीकरणको निर्माणमा संलग्न हुनका लागि पनि फाइदा छ। साथै तिब्बती क्षेत्रको प्रतिश्पर्धात्मक शक्ति र सामाजिक तथा आर्थिक शक्तिलाई बढाउन पनि फाइदा पुगेको छ।

          गत शताब्दीको 80औँ दशकयता तिब्बत स्वायत प्रदेश तथा सि छ्वान प्रान्तको तिब्बती क्षेत्र गएका मुख्यतः किसान तथा व्यापारीहरु हुन्। उनीहरुले सेवा उद्योग,निर्माण उद्योग र खेतीपाती आदिमा काम गर्छन्। उनीहरुले तिब्बती क्षेत्रको आर्थिक तथा सामाजिक विकास र जन-जीवनको सुधारका लाग ठूलो योगदान दिएका छन्। अर्कोतिर भित्री भूमिका जनता मुख्यतः छङ तु तथा पेइचिङ जान्छन्। साथै भित्री मंगोलिया स्वायत प्रदेश, शान सिको ऊ थाइ शान, र उत्तर-पूर्वी चीन र क्वाङ तुङ आदि क्षेत्रमा पनि धेरै तिब्बतीहरु छन्।

           दुई ठाउँबीच यस्तो जन-ओहोर-दोहोर कार्यले तिब्बती क्षेत्र र भित्री भूमिका विभिन्न जातिले समानताका आधारमा देशको आधुनिकीकरण निर्माण उपलब्धि आपसमा साझेदारी बढाउन पाएका छन्। साथै तिब्बती क्षेत्र र भित्री भूमिको सामाजिक मेलमिलाप र देशको समृद्धिको लागि पनि यसले ठूलो टेवा दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह