फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका मालिक तिब्बती जनता हुन्, चौधौं दलाई होइन

(GMT+08:00) 2012-03-28 19:02:44
    53वर्षअघि तिब्बत समाजमा ऐतिहासिक परिवर्तन भएको थियो।

        सन् 1959को मार्च महिना चिनियाँ राष्ट्रिय जन काग्रेसको स्थायी समितिका तात्कालीन उपाध्यक्ष एवम् तिब्बत स्वायत्त प्रदेशको तयार समितिका प्रमुख सदस्य चौधौं दलाइ दैन्चिन ग्याम्छोले तिब्बतमा स्वायत्त प्रदेशको स्थापना गर्ने र जातीय क्षेत्रीय स्वशासन व्यवस्था लागु गर्ने वचनलाई उल्लंघन गरेको, चीनका नेताको दायित्वलाई त्यागेको, सी.आई.ए.को जासूसीको संरक्षणमा चीन छोडेर भारत गएको थियो।

        तिब्बतको सामाजिक विकास क्रम दलाइ लामा छोडेरकोमा रोकेको होला भनेर कदापि छैन। दशौं पेन्चेन अर्दनी तिब्बत स्वायत्त प्रदेशको तयार समितिका कार्यवाहक प्रमुख सदस्य बन्नुभएको थियो। सन् 1959को जून महिना 28 तारिख पेन्चेन अर्दनीले तिब्बत स्वायत्त प्रदेशको तयारी समितिको     दोस्रो बैठकको अध्यक्षता गर्नुभएको थियो। उक्त बैठकमा "तिब्बत स्वायत्त प्रदेशले प्रजातान्त्रिक सुधारसम्बन्धी निर्णय-प्रस्ताव" पारित गरिएको थियो। सन् 1959देखि सन् 1961 सम्म तिब्बतले ऐतिहासिक अर्थ रहेको सामाजिक व्यवस्थाको सुधार गरेको थियो। सन् 1959अघि दलाइ नाइकेको र तिब्बती जनसंख्याको 5प्रतिशत ओगटेको भूदास मालिक तिब्बतको सबै जमीन र पशुपालन क्षेत्रआदि सम्पति भएको र तिब्बती जनसंख्याको 95प्रतिशत ओगटेको भूदास भएको छ। उक्त सुधारपछि लाखौं लाख भूदास दलाइ लामाआदि भूदास मालिकको नियन्त्रणमा पिल्सिएको अवस्थाबाट मानवको स्वतन्त्रता र राजनैतिक अधिकार रहेको नागरिक बनेको छ। साथै उनीहरु आ-आफ्ना जमिन र पशुपालन क्षेत्र रहेको छ।

        सन् 1965को सेप्टेम्बर महिना तिब्बत स्वायत्त प्रदेश स्थापना भएको थियो। जन कांग्रेस मूलभूल व्यवस्था रहेको, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको बहुपार्टी सहयोग, राजनैतिक परामर्शदात्री परिपाटी र जातीय क्षेत्रीय स्वशासन व्यवस्था आधारभूत व्यवस्था रहेको राजनैतिक व्यवस्थाको तिब्बतमा चौतर्फी रुपमा कार्यान्वयन भएको छ। यस राजनैतिक व्यवस्थाको मूलभूत विषय भनेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व रहेको, जनता मुलुकको मालिक बनेका, ऐनबमोजिम राज्य संचालन भएको एकीकरण भएको हो। यस राजनैतिक व्यवस्थाबाट सर्वाधिकार जनतामा हुनुपर्छ भन्ने मूलभूत सिद्धान्त प्रतिविम्वित भएको छ।

        हालसम्म 53 वर्ष बितिसकेको छ। तिब्बत स्वायत्त प्रदेशको बाह्र लाख वर्ग किलोमिटर भूमिमा जातिको बनौटमा परिवर्तन भएको छैन। तिब्बती जातिका जनसंख्याले तिब्बत स्वायत्त प्रदेशको जनसंख्याको 90प्रतिशतभन्दा बढी ओगटेको छ। तिब्बत स्वायत्त प्रदेशको जनसंख्या 53वर्षअघिको दश लाखबाट बढेर हालको तीस लाख पुगेको छ। मानिसको सरदर आयु सन् 1951को 35.5 वर्षबाट बढेर 67 वर्ष पुगेको छ। तिब्बतमा विभिन्न जातिका जनता समान छन्। जनसुकै जातिको अवहेलना गर्न र दमन गर्न निषेध गरिएको छ। प्रति व्यक्तिले संविधान र ऐनमा निर्धारित गरिएको अधिकारको उपभोग गरेको साथै संविधान र ऐनमा निर्धारित गरिएको दायित्वलाई व्यवहारमा उतारेको छ। तिब्बत स्वायत्त प्रदेशका प्रति व्यक्तिले धर्म मान्ने स्वतन्त्रताको उपभोग गरेको छ। हरेक जनाले राजनैतिक अधिकारको स्वतन्त्र रुपमा प्रयोग गर्नसकेको छ। पहिलेका भूदास र भूदास मालिक तथा उनीहरुको सन्तान राजनैतिक स्थान पूर्ण रुपमा समान भएको नागरिक बनेका छन्। उनीहरुले राम्रो र मेलमिलापयुक्त समाजवादी नयाँ तिब्बतको संयुक्त रुपमा स्थापना गरिरहेका छन्।

        सन् 2009को जनवरी 19 तारिख तिब्बत स्वायत्त प्रदेशको जन काँग्रेसले हरेक वर्षको मार्च महिनाको 28 तारिखलाई तिब्बतका लाखौं लाख भूदास मुक्तिको स्मृत्ति दिवसको रुपमा राखेको थियो। यसको उद्देश्य मानिसलाई तिब्बतको इतिहासमा राजनैतिक शासन र धर्मको एकरुपताको सामन्ती भूदास प्रथा रहेको कुरा बिर्सन नगराउने र पचास वर्षअघि तिब्बतमा ऐतिहासिक सामाजिक सुधार भएको बिर्सन नगराउने हो। तिब्बतको मालिक तिब्बती जनता हुन् र चौध दलाइ होइन भन्ने कुरा यस पनि प्रतिविम्वित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह