फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको एक घरेलु सेवा कम्पनिका मालिकबारे जानकारी

(GMT+08:00) 2012-03-28 18:55:13
      सन् 1975 स छ्वान प्रान्तको स्वी निङमा लो युङको जन्म भएको थियो। हाल उहाँले ल्हासामा आफ्नो घरेलु सेवा कम्पनि चलाउनुहुन्छ । सन् 2002 मा व्यापार गर्न दाजुसँगै ल्हासा जानुभएको लो युङले व्यापार राम्रो नभएकोले एक वर्षपछि जन्मथलो फर्किनुपर्‍यो । सन् 2004 मा लो युङ फेरि तिब्बत फर्किनुभयो र ल्हासामा घरेलु सेवा सुरु गर्नुभयो । सुरुका तीन महिनासम्म अरुसँग काम गर्नुभएका युङ्गले पछि आफैंले घरेलु सेवाको कम्पनी खोल्नुभयो ।

      थोरै रकम र कमै चिनेका मानिस भएका कारण उहाँको शुरुवाती कामधाम अलिक गाह्रै थियो। तर पाँच वर्षपछि उहाँले राम्रै पैसा कमाउन थाल्नुभयो । तर यस्तो प्रकृतिको काम त्यति स्थिर हुँदैन । पानी पाइप मर्मत जस्तो घरेलु सेवा सँधै भैरहन्छ भन्ने छैन । काम भयो भने विहान आठ बजेदेखि बेलुका सात बजेसम्म व्यस्त हुनुपर्छ । विशेष गरी तिब्बती नयाँ वर्ष आउँदा धेरै कामको चटारो पनि हुन्छ र आम्दानी पनि बढी नै हुन्छ।

      हालसम्म हरेक वर्ष युङ्गको कमाई एक लाख चिनियाँ युआन पुग्छ। तर सन् 2004 अघि केही हजार युआन मात्रै हुने गर्दथ्यो । ल्हासामा अहिले घरेलु सेवा संचालक धेरै भएकाले प्रतिष्पर्धा पनि चर्को देखिन्छ।

      आफ्नो कामबारे बताउँदै लो युङले भन्नुभयो : घरेलु सेवामूलक कामको सम्मान गरिनुपर्छ । उपभोक्तालाई राम्रो सेवा दियो भने उनीहरुले पनि हामीलाई सम्मान दिन्छन्। विशेष गरी तिब्बतीहरुले पाहुनालाई राम्रो स्वागत सत्कार गर्दछन्। हामी घरमा जाँदा उनीहरुले चिया खुवाउँछन्। हामीले राम्रो काम गरेपछि उनीहरुलाई पनि आनन्द लाग्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह