फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासामा भएको तिब्बती खाद्य रेष्टुराँकी क्याशियर रामको कथा

(GMT+08:00) 2012-03-28 19:06:53
      विहान सबेरै ल्हासा शहरमा एउटा सामान्य तिब्बती खाद्य रेष्टुराँ खुला भएको छ। रेष्टुराँ खुल्नेवित्तिकै तिब्बती जातिय केटी रामको दैनिकी सुरु हुन्छ । चार वर्षअघि 19 वर्षिय रामले एउटै जन्मथलोका साथीको सिफारिसमा रेष्टुराँमा काम पाएकी थिइन् । एउटा विद्यालयको भोजनालयमा थोरै आम्दानीमा काम गर्ने रामको अनुभव र भाषाको ज्ञानलाई ध्यानमा राखी उक्त रेष्टुराँका साहूले आफ्नो रेष्टुराँमा क्याशियरको रुपमा जिम्मेवारी दिएका थिए ।

      गाउँले जीवनबाट आएकी रामले नियमित रुमा महिनाको 1200 युआन कमाउनुका साथै एक सयदेखि तीन सयसम्म बोनस पनि पाउने भएकाले उनका लागि यो एकदमै राम्रो कुरा हो ।

      वर्तमान तिब्बती किसान-पशुपालकको आम्दानी बढाउने मुख्य तरिकाहरूमध्येको एक चाहिँ बाहिरी शहरमा गएर गैरकृषि उद्योगमा काम गर्नु नै हो। शहर-बस्तीको विकासले तिब्बती कृषि-मजदूरका लागि धेरै रोजगारी मौका पनि दिएको छ । शहर पसेर रोजगारी गर्नु नैं तिब्बती ग्रामीण क्षेत्रका श्रमिकहरुका लागि रोजगारीको अनुभव बटुल्ने अवसर हुन्छ । ल्हासा तथा शिगाचे शहर लगायत तिब्बतका अपेक्षाकृत ठूलो शहरमा पर्याप्त व्यवसाय, रोजगारीका पूर्वाधार आदि भएकाले ग्रामीण श्रमिक शक्तिलाई आकर्षित गरिएको छ। जुन ग्रामीण श्रमिक शक्तिलाई शहरमा पसेर रोजगारी गराउने मुख्य तरिका हो । तीमध्ये पहिलो पटक शहरमा पसेर काम गर्ने तिब्बती ग्रामीण श्रमिक शक्तिले सर्वप्रथम रेष्टुराँ उद्योग छान्नसक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह