फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती डाक्टर तान्चन हुन्तुपको कथा

(GMT+08:00) 2012-03-28 19:08:32
      सामाजिक शास्त्रका डाक्टर तान्चन हुन्तुप एक जना तिब्बती हुनुहुन्छ। हाल उहाँ पैचिङ्गमा काम गर्नुहुन्छ। उहाँको जन्मथलो ल्हासा हो।

      सन् 1983 मा श्री तान्चन हुन्तुप पहिलो चोटी पैचिङ्गमा आउनुभएको थियो। त्यसपछिको दश दिनको पैचिङ्ग बसाईमा उहाँले थान आन मन चोक र चिनियाँ केन्द्रिय जातीय विश्वविद्यालयको पुस्तकालयमा घुम्ने मौका पाउनुभएको थियो ।

      तिब्बत जातीय कलेजको इतिहास विभागबाट स्नातक हुनुभएपछि तान्चन हुन्तुप आफ्नो जन्मथलो ल्हासा फर्कनुभयो। उहाँले तिब्बतको सामाजिक प्रतिष्ठानमा पुरानो पुस्तकको शुद्धीकरणबारे जिम्मा लिनुभएको थियो। यसबाट उहाँले धेरै अमूल्य पुस्तक पढ्न पनि पाउनुभयो ।

      सन् 2001 मा उहाँ पैचिङ्ग विश्वविद्यालयबाट स्नातक हुनुभयो । चीनमा सामाजिक शास्त्रबारे उहाँ नै पहिलो तिब्बती डाक्टर हुनुहुन्छ। आफ्नो अनुभवबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

    "म धेरै पुराना पुस्ताका साथीलाई धन्यवाद दिन चाहन्छु। उहाँहरु तिब्बती पनि हुनुहुन्छ र हान जातिका पनि हुनुहुन्छ। उहाँहरुले मलाई किताबबाट नपाउने धेरै ज्ञानगुनका कुरा सिकाउनुभएको छ। "

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह