फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोसाङ्ग ज्ञाराङ्गको होटेल

(GMT+08:00) 2012-03-28 19:09:10
      65 वार्षिय लोसाङ्ग ज्ञाराङ्गको जन्मथलो स छ्वुआन प्रान्तीय कान च भन्ने ठाउँमा पर्दछ । सेवा-निवृत्तिपछि उहाँले छङ्ग तु शहरको उ हौ छस्थित तिब्बतीहरुको बसोवास क्षेत्रमा घर-आवास किनेर स्वयम घर-होटेलको सञ्चार गर्नुभएको छ। उहाँले यस्तो होटल चलाएको पनि तीन वर्ष भइसक्यो।

      आमाको स्वास्थ्य अवस्था कमजोर भएकाले सन् 2002 मा साथीको सुझावमा लोसाङ्गले त्यहाँ घर-आवास किन्नुभएको थियो। तिब्बतीहरुको आवास क्षेत्रमा आपसी सहयोग र हेर-विचार हुनुका साथै गफगाफका लागि आमालाई पनि धेरै साथीसङ्गी हुने भएकाले उहाँले त्यही क्षेत्रमा घर लिनुभएको थियो । साथै त्यहाँ उहाँका छोरा-छोरीले पनि अझ राम्रो शिक्षा लिन सक्छन्।

      मेरो घरमा दुईटा सुत्ने कोठा, एउटा बैठक कोठा, एउटा भान्छा कोठा र एउटा शौचालय छ । श्री लोसाङ्गले भन्नुभयोः सुरुमा जन्मथलोका साथीहरु मलाई हेर-विचार गर्न छन् तु आएका थिए। परिवारका अरु सदस्य र साथीहरु पनि छङ्ग तु आएका थिए। मैले सधैं उनीहरुका लागि बसोबासको व्यवस्था गर्थें ।

      तर पाहुना बढी भएर खर्च पनि बढेको छ। क्रमशः उहाँले होटेलजस्तै पलङअनुसार पैसा लिन थाल्नुभएको छ । उहाँले सुत्ने कोठालाई बैठक कोठामा बदल्नुभएको छ । ठूलो सुत्ने कोठामा तीन पलङ र सानो कोठामा दुई पलङ राखेर हरेक पलङको 16 चिनियाँ युआन लिने गरेको लोसाङ्गले बताउनुभयो । त्यसबाहेक उहाँले पाहुनाहरुलाई सूची, बाटो निर्देशन लगायत सेवा पनि दिने गर्नुहुन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह