फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ्ग तु शहरमा ल्हासाबासीको नयाँ जीवन

(GMT+08:00) 2012-03-28 19:09:47
      चीनको भित्री भागमा पर्ने छङ्ग तु शहरमा बस्ने निमा तीन जना छोराछोरीकी आमा हुनुहुन्छ। उहाँको जन्म सन् 1974 को जुलाईमा तिब्बतको ल्हासामा भएको थियो। उहाँले स्कूलमा गएर औपचारिक रुपमा शिक्षा हासिल गर्नुभएको छैन । उहाँका श्रीमान छङ्ग तुबासी हुनुहुन्छ। अब आफू चीनको भित्री भागको जीवनसित पूर्ण रुपमा अभ्यस्त भएको कुरा श्रीमती निमाले बताउनुभएको छ। उहाँले भन्नुभयोः

    "म यस आबास क्षेत्रमा बसेको धेरै वर्ष भयो। यहाँको जीवनसित बानी परेको छ मलाई । यहाँ मेरा तिब्बती साथी र हान जातिका साथी सबै छन। तीमध्ये हान जातिका केही साथी र म निकै मिल्छौं । फुर्सदको बेलामा हामी सधैं गफ गर्दछौं। केही समयअघि मेरो स्वास्थ्य त्यति राम्रो थिएन। मेरा श्रीमान व्यापारका लागि बाहिर जानुभएको थियो। त्यस बेला मेरा हान जातिका साथीहरु सधैं नै मेरो घरमा आएर मलाई सघाउ पुर्‍याउने गर्दथे ।

      श्रीमती निमाका तीन जना छोराछोरी सबै तिब्बती भाषा र हान जातिको भाषा बोल्न सक्छन। उहाँका विचारमा हाल तिब्बती र हान जातिका जनताबीचको आवत-जावत दिन प्रतिदिन बढ्दै गएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह