फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किर्टी गुम्बामा आत्म-दाहको प्रकरण

(GMT+08:00) 2012-03-29 17:32:48
      गत केही वर्षदेखि चीनको स छुआन प्रान्तको आबा तिब्बती र छ्याङ्ग जातिको स्वशासित जिल्लामा पर्ने किर्टी गुम्बामा भिक्षुको आत्म-दाह प्रकरण समय समयमा देखा परेको देखिन्छ। आबा जिल्लामा जम्मा 47 वटा तिब्बती बौद्ध धर्मका गुम्बाहरु छन्। ती आत्म-दाह काण्ड किन किर्टि गुम्बामा भएका छन त?

      चीनको तिब्बत शास्त्र केन्द्रका डाक्टर ल्यान स्याङ्ग मिनले यस कारणबारे चर्चा गर्दै भन्नुभयोः

    "किर्टी गुम्बाका औतारी लामा विदेशमा बसेको छ। उसले दलाई निर्वासित सरकारको महत्वपूर्ण जिम्मा लिएको छ। गत लामो समयदेखि यता उसले चीनभित्र पहुँच पुर्‍याउने गरेको छ।"

      थाहा भएअनुसार किर्टी गुम्बाका ‌औतारी लामाले सन् 1959 मा भारततिर भागेर गएपछि अघिपछि गरी दलाईको सचिव लगायतका पदीय जिम्मेवारी सम्हाल्दै आएको छ । विदेशमा बसेतापनि उसले लामो समयदेखि आबा जिल्लाको किर्टी गुम्बामा गतिविधि गर्ने गरेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह