फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्नो मातृभूमिबाट तिब्बत स्वायत्त प्रदेशको वैधानिक स्थान परिवर्तन नहुने

(GMT+08:00) 2012-03-29 18:33:54
      सन् 1949 मा जन गणतन्त्र चीनको स्थापना भएपछि देशको संविधान तथा आधारभूत राजनैतिक व्यवस्थाको प्रारुपमा तिब्बतमा जातिय क्षेत्रीय स्वशासन नीति लागू हुँदै आएको छ। चिनियाँ जन काङ्ग्रेसअन्तर्गत तिब्बत स्वायत्त प्रदेश समिति र तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारसँग देशको संविधान र जातीय क्षेत्रीय स्वशासन कानून आदि सम्बन्धित कानूनबाट तोकिएको हक-अधिकार कायम भएको छ। सन् 1961 देखि तिब्बतमा व्यापक निर्वाचनको कार्यान्वयन गरिंदै आएको छ। चिनियाँ राष्ट्रिय जन कांग्रेसअन्तर्गत तिब्बतको स्थानीय सरकारका विभिन्न तहका प्रतिनिधि सबै जनताबाट निर्वाचित भएर आएका छन् । सन् 1965 मा तिब्बत स्वायत्त प्रदेशको औपचारिक स्थापना भएदेखि यता स्वायत्त प्रदेशको स्थानीय सरकारका अध्यक्षको पद सम्हाल्नुभएका आठ जना व्यक्ति सबै तिब्बती जातिका हुनुहुन्छ । गत पचास वर्षदेखि तिब्बती प्रमुखहरु राम्ररी परिपक्व भएका छन् भने पहिलेका केही भूदासहरुले पनि विभिन्न तहका विभागका प्रमुखको पद सम्हालिसकेका छन् । चीनमा सुधार तथा खुलापनको नीति लागू भए यता अल्पसङ्ख्यक जातिका प्रमुखहरुको सङ्ख्या र गुणस्तर दुवैमा राम्रो प्रगति हासिल भएको देखिन्छ। जन गणतन्त्र चीनको तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारको वैधानिकतामा कुनै पनि शंका छैन।
जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह