फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पवित्र धार्मिक भूमिमा हिलो छाप्ने धार्मिक कार्यक्रमको निषेध

(GMT+08:00) 2012-03-29 18:34:36
      विश्वका सम्पूर्ण बौद्ध धर्मावलम्बीको मनमा बोधगया एउटा शान्ति तथा पवित्र स्थल हो। गत लामो समयदेखि यता त्यहाँ विभिन्न किसिमको बौद्ध धार्मिक कार्यक्रमको आयोजना गरिएको देखिन्छ। तर यस वर्षको जनवरी एकदेखि दश तारिखसम्म दलाई लामाको समूहको राजनैतिक शक्तिको समर्थनमा चौधौं दलाई लामाले बौधगयामा बौद्ध धर्म अनुकूल नहुने धार्मिक कार्यक्रमको आयोजना गरेको छ ।

      त्यस बेलामा दलाई लामाले "तिब्बतमा बसोबास गर्ने तिब्बतीको स्वतन्त्रता नहुने" तथाकथित बिषयबारे छलफल गरेको छ। उसले त्यस धार्मिक कार्यक्रमलाई आफ्नो अडानको प्रचार-प्रसार गर्ने मञ्च बनाएको छ। यसबाट दलाई लामाले सरकारको विरोध गरी तिब्बतलाई चीनबाट टुक्र्याउने कुचेष्टा गरेको छर्लंग देखिन्छ।

      चौधौं दलाई लामाले गलत बाटोबाट फर्केर तिब्बती बौद्ध धर्मको प्रयोगबाट पृथकताबादी कार्यक्रम त्यागेर तिब्बतको विकास तथा स्थायीत्व र तिब्बतमा बसोबास गर्ने विभिन्न जातिका जनताको हित कल्याणमा योगदान पुर्‍याउनसक्ने आशा हामीले गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह