फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कस्ले युवा भिक्षुको आत्मदाह गर्ने घटना मगज खियाएर रचेको

(GMT+08:00) 2012-03-29 19:02:18
      तिब्बतीहरुको बसोबास क्षेत्रमा केही गुम्बाका भिक्षु आत्मदाह गरेको घटनाबारे चीनका प्रधानमन्त्री वन च्या पाउले हामीले अत्याधिक गतिविधिद्बारा समाजको मेलमिलापमाथि भाँजो हाल्ने कार्वाहीको विरोध गर्छौं भन्नुभएको छ । श्री वनको धारणाले केन्द्रिय सरकारको अडानको प्रतिनिधित्व गर्नुका साथै सर्वसाधारणको भावनाको पनि प्रतिनिधित्व गरेको देखाएको छ। आत्मदाह गरेका युवाहरुको उमेर लगभग बीस वर्षको हाराहारीमा रहेको र आफ्नो जीवन समाप्त गरेकोमा सबैलाई शोक तथा दुःख लाग्छ।

      तर विदेशमा पृथकतावादी पक्षधर र पश्चिमी मुलुकका केही सञ्चार माध्यमलाई रमाइलो लागेर एकदमै छिटो प्रतिक्रिया दिने गरेका छन्। आफूलाई हिंसा नगर्ने अडान लिएको हो भन्ने दलाइ लामाले आत्मदाह रोक्ने सुझाव नदिएको मात्र होइन आत्मदाह गतिविधिलाई समर्थन पनि गरेको छ।

      पृथकतावादी पक्षधरले युवाको जीवनको दुरुपयोग गरेर धार्मिक उत्पीडनलगायत विषयवस्तुलाई अनावश्यक बंग्याउने लक्ष्य तिब्बत र तिब्बतीहरु बसोबास क्षेत्रमा पुर्‍याउन खोजेको र केन्द्रिय सरकारको जाति तथा धर्म नीतिलाई खल्बल्याउनुका साथै यी क्षेत्रमा समाजको विकास तथा प्रगति र जनताको जीवन राम्ररी सुधार हुँदैआएको तथ्यको वेवास्ता गरेर अन्तर्राष्ट्रिय समाजको ध्यान आकर्षित गरी तिब्बतको स्वतन्त्रतालाई धमिल्याउन खोजेको स्पष्ट हुन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह