फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्री भूमिमा तिब्बतीहरुको बसाइँसराइले जातीय सम्बन्ध स्थापित

(GMT+08:00) 2012-03-30 15:56:59

           अन्तर्राष्ट्रिय जगतमा यस्तो भनाइ छ- चीन सरकारको आन्तरिक बसाइँ सराइ नीतिले हान जातीयलाई तिब्बतमा सर्न प्रेरित गरेर तिब्बतबाट लुट्ने काम भएको छ। जसले तिब्बती सँस्कृतिका लागि पनि गम्भीर धक्का दिएर अरु जातिकालाई तिब्बत स्वायत्त प्रदेशमा सर्न नदिन चीन सरकारलाई अनुरोध गरेका छन् ।

           तर चीनले सुधार तथा खुपालनको नीति लागू गरेदेखि यता चिनियाँ नागरिकको स्वतन्त्र बसाइँ सर्ने अधिकार कानूनी रुपमै सुरक्षित गरेको पाइन्छ। भित्री भूमिका धेरै शहरमा झन् झन् बढी अल्पसंख्यक जातीयहरु र त्यसमा पनि तिब्बतीहरु सबैभन्दा बढी छन्। तर यस वास्तविकताको वेवास्ता गरिएको छ।

           चिनियाँ तिब्बति शास्त्र अध्ययन केन्द्रले सन् 2011 जुन महिनादेखि भित्री भूमिमा बसाइ सर्ने तिब्बतीहरुबारे अनुसन्धान गरेको छ । अहिले पेइचिंग, शाङ्ग हाइ, छङ्ग तु लगायत ठूला शहरमा ठूलो मात्रामा तिब्बतीहरु छन्। समानता, न्याय, स्वतन्त्रतालगायत अधिकारको सुरक्षा, बहुजातीय मुलुकमा विभिन्न जातिबीचको मैत्रिपूर्ण आदान-प्रदान, मेलमिलाप नै सहअस्तित्वको आधार हो। खुलापन र सहिष्णुता नै मानवले प्रगति तथा मेलमिलाप गर्नसक्ने महत्वपूर्ण संकेत हो। 60 वर्षको प्रयासमा तिब्बत स्वायत प्रदेश र अरु तिब्बती बसोबास क्षेत्रको खुलापन, हान र तिब्बत जातीयहरुबीच आपसी अस्तित्व स्वीकार गर्ने परिपाटीले ठूलो प्रगति हासिल गरेको अनुसन्धानबाट देख्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह