फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई किनारबीचको सम्बन्धबारे थाइवान सत्ताको अडान

(GMT+08:00) 2012-03-31 13:40:43

          थाइवान सत्ताका नेता मा यिङ्ग च्युले हिजो पो आउ एशियाली मञ्चको वार्षिक सम्मेलनमा सहभागी थाइवानेली प्रतिनिधि मण्डलसित भेट गरेका छन्। सो अवसरमा उहाँले यस वर्ष नै थाइवान जल डमरुका दुई किनाराबीचको सम्बन्धको दिगो विकास र भविष्य सिर्जना गर्ने मुख्य वर्ष हो भन्दै दुई किनाराबीचको सहयोगलाई अझ सबल पारी दुई किनाराबीचको आर्थिक सहयोग प्रारुप सम्झौता अर्थात ई.सि.एफ.ए. को अतिरिक्त छलफललाई छिटो पार्ने आशा प्रकट गर्नुभएको छ।

          प्राप्त जानकारीअनुसार, पो आउ एशियाली मञ्चको यस वर्षको वार्षिक सम्मेलन भोलि अप्रिल एक तारिखदेखि चीनको हाई नान प्रान्तको पो आउमा शुरु हुनेछ। "परिवर्तित विश्वमा रहने एशिया- स्वस्थ तथा दिगो विकासतिर जाऔं" भन्ने यस पटकको वार्षिक सम्मेलनको मुख्य नारा रहेको छ। थाइवानको दुई किनारा साझा बजार कोषका सर्वोच्च सल्लाहकार ऊ तुन यीले थाइवानेली व्यवसायी प्रतिनिधिको नेतृत्व गरी यस पटकको वार्षिक सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ। चीनको राज्य परिषदअन्तर्गत थाइवान मामिला कार्यालयका प्रवक्ता याङ्ग यीले गत अठाईस तारिखका दिन आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै पो आउ एशियाली मञ्चको यस पटकको वार्षिक सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चीनका उप-प्रधानमन्त्री ली ख छ्याङ्गले ऊ तुन यीको प्रतिनिधिसँग भेट गर्नुहुने कुराको जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह