फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोआउ एशियाली मञ्चको वार्षिक अधिवेशन, 2012 को विशेषता

(GMT+08:00) 2012-03-31 10:28:30

             अप्रिल 1 देखि 3 तारिखसम्म पोआउ एशियाली मञ्च, 2012 को वार्षिक सम्मेलन चीनको हाई नान प्रान्तको सुन्दर गाउँबस्ती पोआउमा आयोजना गरिने कार्यक्रम रहेको छ। "परिवर्तित विश्वमा एशियाः स्वस्थ तथा दिगो विकासतर्फ जाऔं" भन्ने यस पटकको वार्षिक सम्मेलनको मुख्य विषय रहेको छ। यस वर्षको वार्षिक सम्मेलनको बिषेषता के हो र? यसबारे चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारले चीनको अन्तर्राष्ट्रिय अध्ययन कोषअन्तर्गत एशिया तथा प्रशान्त अध्ययन केन्द्रका अध्ययनकर्ता शन श शुनसँग अन्तर्वार्ता लिनुभएको छ।

            हाल अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति मन्द भएको समष्टिगत पृष्ठभूमिमा यस वर्षको पोआउ एशिया मञ्च नै सबैको प्रतीक्षामा रहेको ठहर अध्ययनकर्ता शन श शुनले प्रकट गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयोः

           "यस पटकको सम्मेलन एउटा विशेष अवस्थामा आयोजना गरिने हो। गत सन 2011 चाहिं विश्वको आर्थिकत तथा बैंकिङ परिस्थिति अस्थिर भएको वर्ष थियो। युरोप तथा अमेरिकामा देखा परेको ऋण सङ्कट हुनुका साथै सारा विश्वको आर्थिक विकासमा अनिश्चित कुरा थुप्रै थियो। यसका अतिरिक्त आर्थिक परिस्थितिको विकासप्रति मान्छेहरु आशावादी रहेका छैनन्। यस्तो अवस्थामा आयोजना गरिने पोआउ एशिया मञ्चको यस पटकको वार्षिक सम्मेलन चाहिं सबैको प्रतीक्षामा रहेको छ।"

            "परिवर्तित विश्वमा एशयियाः स्वस्थ तथा दिगो विकासतर्फ जाऔं" भन्ने यस पटकको वार्षिक सम्मेलनको मुख्य विषय रहेको छ। यो विषय नै वर्तमान आर्थिक परिस्थिति र एशियाका विभिन्न आर्थिक समूदायको सबैभन्दा चासो रहेको विषयसित घनिष्ठ सम्बन्ध रहेको छ भन्दै श्री शन श शुनले भन्नुभयोः

           "हाल एशियाको आर्थिक विकास एउटा राम्रो अवधिमा रहेको छ। तर सारा विश्वको आर्थिक नक्साबाट हेर्दा भने एशिया एउटा नराम्रो स्थानमा रहेको छ। एकीकरणको गति निकै ढिलो रहेको छ भने सोही क्षेत्रभित्र थुप्रै फरक रहेको छ। त्यसैले एशियाले एकमत्तो प्राप्त गर्न, विभिन्न क्षेत्रमा एकमतो प्राप्त गर्न वा एउटै भाग बन्न निकै गाह्रो देखिन्छ। यस्तो अवस्थामा पोआउ एशिया मञ्चबाट एशियाली क्षेत्रको विकासका लागि राम्रो उपाय तथा धारणालाई पत्तो लगाइनुका साथै यसमा सकारात्मक भूमिका निर्वाह गर्नसक्ने मानिसहरुको आशा रहेको छ।"

            थाहा भएअनुसार यस वर्षको वार्षिक सम्मेलनमा उच्चस्तरीय विषय हुनुका साथै सर्वसाधारणको दैनिक जीवनसम्बन्धी विषयमा पनि महत्व दिइने भएको छ। पोआउ एशिया मञ्चका महासचिव चौ वन चुङ्गले दिनुभएको जानकारी अनुसार यस पटकको वार्षिक सम्मेलनमा सुख, आबास व्यवसाय, उपभोग, रोजगारी, पर्यटन चिकित्सा आदि सर्वसाधारणको जीवनसित घनिष्ठ सम्बन्ध रहेको विषय समावेश रहने छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह