फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाको आर्थिक विकासका मुख्य बिषयः परिवर्तन, सुधार तथा सहयोग

(GMT+08:00) 2012-04-01 17:35:16

           पोआउ एशिया मञ्च, 2012 को वार्षिक सम्मेलन आजबाट शुरु भएको छ। "परिवर्तित विश्वमा रहेको एशियाः स्वस्थ तथा दिगो विकासतर्फ जाऔं" भन्ने यस पटकको वार्षिक सम्मेलनको मुख्य बिषय रहेको छ। हाल सारा विश्व आर्थिक पुनरुत्थानको कठिन अवस्थामा रहेको छ, अमेरिका तथा युरोपको ऋण सङ्कटको असर धेरै परेको छ र अन्तर्राष्ट्रिय बनौटको गहन रुपमा सामञ्जस्य रहेको छ। यस्तो परिस्थितिमा यस पटकको वार्षिक सम्मेलनको मुख्य बिषयबाट "परिवर्तन, सुधार तथा सहयोग" भन्ने महत्वपूर्ण कुरा छर्लंग देखिन्छ। यो कुरा भनेको के हो भने तिब्र तथा गहन रुपमा परिवर्तित भइरहेको विश्वमा एशियाका विभिन्न आर्थिक समुदायले विकासको तरिकामा कसरी परिवर्तन गरी आर्थिक बनौटको सामञ्जस्य पारेर साझा विजय र दिगो विकास भन्ने लक्ष्यलाई साकार तुल्याउने बिषयबारे छलफल गरिने छ।

            युरोप र अमेरिकामा देखा परेको आर्थिक तथा ऋण सङ्कटबाट एशियाली मुलुकहरुमा पनि विभिन्न तहको असर परेको देखिन्छ। यसको सामना गरी विकास गर्न चीन र भारत लगायतका नवोदित आर्थिक समुदायले विभिन्न कदम चालेका छन। यसबारे चर्चा गर्दै चीनको कूटनैतिक कलेजका उप-प्राध्यापक छिन या छिङ्गले समष्टिगत रुपमा हेर्दा यी कदमबाट सारा विश्वको आर्थिक पुनरुत्थानको विश्वास बढेएको ठहर प्रकट गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयोः

           "यी नवोदित मुलुकहरुले आर्थिक विकास गर्नुका साथै सारा विश्वको आर्थिक समुदायसित घनिष्ठ सम्बन्ध कायमै राखेका छन। यस्का अतिरिक्ति तिनीहरुले क्षेत्रीय सहयोगमा पनि महत्व दिएको छ। यो नै यी मुलुकहरुले सङ्कटको सामना गर्ने एउटा महत्वपूर्ण कारक तत्व हो।"

            यस पटकको वार्षिक सम्मेलनमा "परिवर्तन र सुधार" मा जोड दिइनुका साथै दिगो विकासलाई एउटा मुख्य लक्ष्य बनाइएको छ। यो वर्तमान युगको माँगका लागि अनुकूल रहेको छ भन्दै श्री छिन या छिङ्गले एशियाको आर्थिक विकासको वर्तमान प्रवृत्ति निकै शक्तिशाली हुनुका साथै त्यसको भविष्य पनि राम्रो रहेको कुरा औंल्याउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

            "एशियाको अर्थतन्त्र विकसित हुँदै जाने छ। एशियाली मुलुकहरुमा चीनको आर्थिक विकास सबैभन्दा तिब्र रहेको छ। भारतको विकास पनि तिब्र देखिन्छ। यी दुईटा आर्थिक समुदायको यस्तो तिब्र विकासबाट सारा विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ।"

            पोआउ एशिया मञ्चको सदाको मुख्य बिषय भनेको "एशियामा साझा विजयको प्राप्ती" भन्ने हो। विश्वको आर्थिक तथा बैंकिङ परिस्थिति अस्थीर रहेको अवस्थामा यस पटकको वार्षिक सम्मेलनले एशियाली आर्थिक समुदायलाई स्थीरताको संरक्षण गर्न तथा विकासको प्रवर्द्धन गर्नका लागि चेतना प्रदान गर्नुका साथै सहयोग तथा साझा विजय बारे एकमत प्राप्त गराउन सक्ने आशा हामीले गरेका छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह