फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली मुलुकद्वारा आपसी आदान-प्रदान र सहयोगलाई बढाउने पाकिस्तानी प्रधानमन्त्रीको आशा

(GMT+08:00) 2012-04-01 18:41:48

          पोआउ एशियाली मञ्चमा उपस्थित हुनका लागि आउनुभएका पाकिस्तानका प्रधानमन्त्री सइद युसुफ राजा गिलानिले एक तारिख सी आर आईलाई विशेष अन्तर्वार्ता दिँदै एशियाली मुलुकहरुले पोआउ एशियाली मञ्चलाई प्लेटफर्म बनाएर आपसी आदान-प्रदान र सहयोगलाई बढाउने आशा आफूले लिएको कुरा बताउनुभयो।

          "परिवर्तित विश्वमा रहेको एशियाः स्वस्थ तथा दिगो विकासतर्फ जाऔं" यस वर्षको मञ्चको मुख्य विषय रहेको छ। त्यसबारे श्री गिलानीले भन्नुभयो: परिवर्तित विश्वमा आर्थिक संकट विश्वव्यापी रुपमा फैलिँदैआएको छ। विश्वका विभिन्न मुलुकमा विभिन्न रुपले प्रभाव पार्दै आएको छ। तर सो संकटसमक्ष एशियाली मुलुकले राम्रो काम गरेका छन्। एशियाली मुलुकबीच ऊर्जा स्रोत, सँस्कृति, विज्ञान तथा प्रविधि, शिक्षा आदि क्षेत्रमा चौतर्फी तथा गहिरो रुपमा सहयोग गरेमा समस्याको समाधान गरी स्वस्थ तथा दीगो विकास गर्न पाउँनेछ।

           पाकिस्तान सरकारले पोआउ एशिया मञ्चमा निकै ध्यान दिइरहेको कुरा बताउँदै श्री गिलानीले यस मञ्चमार्फत विभिन्न एशियाली मुलुकका राजनीतिज्ञले सँगै बसेर विकासबारे छलफल गर्ने आशा आफूले लिएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह