फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाको आर्थिक विकासका मुख्य विषय: परिवर्तन, सुधार तथा सहयोग

(GMT+08:00) 2012-04-03 19:24:04

           पोआउ एशियाली वार्षिक मञ्च 2012 दुइ तारिखका दिनबाट ची नका हाइ नान प्रान्तको पोआउ स्थलमा सुरु भएको छ। चीनका उपप्रधानमन्त्री लि ख छ्याङ्गले सम्बोधन गर्नुका साथै "एशियाको खुलापन तथा सहनशीलता", "चीनको सुधार तथा खुलापन"तथा "चीनद्बारा एशियामा अझ खुलस्त पारिने"आदि विषयको सम्बन्धमा लगातार तीन पटक एशिया तथा चीनको खुलापन तरिकाबारे जानकारी दिनुभएको छ। यस क्रममा उहाँले खुलापन तथा सहयोगद्बारा नैं पारस्परिक हित तथा संयुक्त फाइदा उठाउनसकिने कुरामा जोड दिनुभयो। यसबाहेक उपप्रधानमन्त्री लि ख छ्याङ्गले चीनको आधारभूत आर्थिक अवस्था राम्रो भएको, विकसित स्थितिमा कुनै पनि परिवर्तन नभएको र अर्थतन्त्रको दीर्घकालीन स्थीर तथा अपेक्षाकृत द्रुत विकास कायम राख्नसक्ने कुरा पनि व्यक्त गर्नुभएको छ। आज यस विषय सम्बन्धी विवरणको दोस्रो भाग सुन्नुहोस्।

            चीनका उप-प्रधानमन्त्री लि ख छ्याङले चीनले आर्थिक तथा सामाजिक दिगो विकासलाई निरन्तर रुपमा अघि बढाउने कुरा व्यक्त गर्नुभयो। उहाँले विश्व तथा चीनको परिस्थितिमा देखा परेको गहिरो परिवर्तनको सामना गर्दा आर्थिक विकासको ढंग परिणत गर्ने व्यवस्थाको अवरोध हटाउनका लागि सुधार तथा खुलापनको पालना गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो। चीनको सुधार निर्णायक अवधिमा प्रवेश भइसेको कुरा उहाँले वताउनुभयो। उहाँ भन्नुहुन्छ,

            हामीले वित्त, कर, बैंकिंग प्रणाली, मोलभाउ, आम्दानीको वितरण तथा व्यवसाय लगायत क्षेत्रमा भएको सुधारलाई गहन पार्ने छौं। हामीले महत्वपूर्ण क्षेत्रमा नयाँ प्रगति हासिल गर्न प्रयास गर्ने, स्रोत-साधनको वितरणमा बजारको आधारभूत भूमिका अरु राम्रोसँग निर्वाह गर्ने, व्यवस्था, प्रबिधि तथा व्यवस्थापनको नविकरणलाई चौतर्फी रुपमा अघि बढाउने, विकासको भित्री प्रेरणा शक्तिलाई सबल पार्ने छौं।

             उप-प्रधानमन्त्री ली ख छ्याङका अनुसार, औद्योगिकीकरण, शहरीकरण तथा कृषिको आधुनिकीकरणलाई समन्वयात्मक रुपमा अघि बढाउनु चीनको आधुनिकीकरणका लागि आवश्यक मार्ग हुनुका साथै आर्थिक विकासको ढंगलाई परिणत गर्ने तथा आन्तरिक मांग बढाउने रणनीतिक कदम पनि हो। आन्तरिक मांगलाई बढाउनु चीनको आर्थिक बनौटमा तारतम्य मिलाउने प्रथम जिम्मेवारी हो भने शहरीकरण चीनको आन्तरिक माँगको सबैभन्दा ठूलो निहीत शक्ति रहेको कुरामा उहाँले जोड दिनुभयो।

             गत वर्ष चीनमा शहरमा बस्ने जनसँख्या कूल जनसँख्यामध्ये पचास प्रतिशत भन्दा बढी पुगेको थियो। यस अनुपात एक प्रतिशतमा बढेमा एक करोड भन्दा बढी जनसँख्या ग्रामिण क्षेत्रबाट शहरमा सर्ने छन्। तिनीहरुले ठूलो मात्रामा उपभोग तथा लगानी गर्ने छन्। यसबारे चर्चा गर्दै उप-प्रधानमन्त्री लि ख छ्याङले भन्नुभयो, चीनले आन्तरिक माँगलाई बढाउने कुरा खुला वातावरणमा गरेको हो। चीनले स्वदेश अथवा विदेशको पूंजीबाट संचालित व्यवसायहरुको सम्बन्धमा समान विचार लिएको छ। खुला, पारदर्शी तथा निष्पक्ष वातावरण तयार गर्न, बौद्धिक सम्पदा अधिकारको सँरक्षणलाई सबल पार्न तथा विभिन्न प्रकारका व्यवसायहरुको सँयुक्त विकासलाई अघि बढाउन चीनले प्रयास गर्नेछ।

            चीन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान परिषद अन्तर्गत विश्व अर्थतन्त्र कार्यालयकी प्रमुख श्रीमती छन् फङ यीङले उप-प्रधानमन्त्री लि ख छ्याङको सम्बोधनले धेरै पक्षबाट विश्वास दिलाएको ठहर गरेकी छिन्। उनी भन्छिन:

            उप-प्रधानमन्त्री लि ख छ्याङको सम्बोधनले बजारका लागि ठूलो विश्वास उपलव्ध गराएको छ। चीनको अर्थतन्त्रको आधारभूत परिस्थितिमा ठूलो परिवर्तन आएको छैन। उहाँले हाम्रो विश्वासलाई स्पष्ट पार्नुभयो। औद्योगिकीकरण, शहरीकरण तथा कृषिको आधुनिकीकरण भविश्यमा चीनको आर्थिक बृद्धिलाई अघि बढाउने महत्वपूर्ण लक्ष्य हो। जसले चीन तथा विश्वलाई राम्रो विश्वास दिएको छ।

            सम्बन्धित मुलुकहरुसँगै मिलेर चीन-आशियान लगायत क्षेत्रीय सहयोग व्यवस्था तथा द्विपक्षीय र बहुपक्षीय स्वतन्त्र व्यापार क्षेत्रको निर्माणलाई निरन्तर रुपमा उकास्न, नवोदित उद्योग लगायत क्षेत्रमा आपसी सहयोगको विस्तार गर्न चीन इच्छुक रहेको कुरामा उप-प्रधानमन्त्री लि ख छ्याङले जोड दिनुभएको छ। उहाँ भन्नुहुन्छ,

             फराकिलो एशियाले त्यसका मुलुकहरुको विकासका लागि फराकिलो ठाउँ उपलव्ध गराउने विश्वास हामीले गरेका छौं। परिवर्तन भएको विश्वमा सुअवसर छोपेर हातमा हात मिलाएर अघि बढ्ने, एशियाको स्वस्थ तथा दिगो विकासलाई साकार तुल्याउन तथा मानव जातिको उज्यालो भविश्य बनाउन एशियाली जनता सक्षम रहेकोमा हामी विश्वस्त छौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह