फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक अवस्थाको सुधार गर्न विभिन्न पक्षको संयुक्त प्रयास चाहिने: पूर्व-अमेरिकी वित्तमन्त्री

(GMT+08:00) 2012-04-03 11:37:16

          पूर्व अमेरिकी वित्तमन्त्री पोल्सन जे आर हेनरी एमले हिजो दुई तारिख सीआरआईका पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान विश्वको आर्थिक अवस्था सकारात्मक नभएकाले यो अवस्थालाई सुधार्न अमेरिका, युरोपेली संघ, चीन आदि विभिन्न पक्षको प्रयास चाहिने कुरा व्यक्त गर्नुभयो।

           चीनको हाइ नानमा आयोजित पोआउ एशियाली मञ्चमा उपस्थित हुँदै उहाँले उक्त कुरा बताउनुभएको हो। उहाँले वर्तमान विश्व आर्थिक एकीकरणको अवस्था विकसित भएको छ, हाल कमजोर भएको अर्थतन्त्रको सुधार गर्नका लागि विकसित मुलुक अथवा नवोदित मुलुकले सुधार र दीगो विकासको बाटोमा लागिरहनुपर्ने कुरा बताउनुभयो। उहाँको विचारमा, हाल अमेरिकासमक्ष कर, आप्रवास नीति, चिकित्सा विमा आदिमा सुधार देखा परेको छ, युरोपसमक्ष देखा परेको समस्या त धेरैजसो राजनीतिक कुरा रहेका छन् तर आर्थिक कुरा होइन, चीनको आर्थिक विकास ढिलो हुँदैछ, तर विश्वमा चीनको आर्थिक प्रभाव बृद्धि हुँदैआएको छ, वित्त नीतिसम्बन्धी संशोधनको ठाउँ सानो हुँदै गएको छ। र यो पनि आगामी दश वर्षमा देखा पर्ने ठूलो चुनौती हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह