फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाका विभिन्न आर्थिक समूहद्वारा मौका छोपेर आर्थिक ढाँचा छिटो बदल्नुपर्ने: पोआउ एशिया मञ्चका उप-परिषदमन्त्री

(GMT+08:00) 2012-04-03 18:41:05

             पोआउ एशिया मञ्चका उप-परिषदमन्त्री चङ फेइ यानले आज तीन तारिखका दिन विश्व अर्थतन्त्र अनिश्चित भएको अवस्थामा एशियाका विभिन्न आर्थिक समूहले आफ्नो समस्याको स्वतःसंशोधन र सुधार गरी त्यसबाट हुने प्रभावलाई सकेसम्म कम गरेर "एशिया मौका"लाई अझै राम्रोसँग पकड्नुपर्ने बताउनुभएको छ।

             उहाँले एशियाका विभिन्न आर्थिक समूहले परम्परागत विकास ढाँचाबारे पुनःविचार गरी विकासको रणनीति र विचारको संशोधन गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो। विकासका तरीका परिवर्तन गर्ने र आर्थिक ढाँचाको संशोधन गर्ने क्रममा एशियाका विभिन्न मुलुकले एकतालाई बढाएर क्षेत्रीय आर्थिक सहयोगलाई अरु गहन तथा सबल पारी राजनीतिक तत्व तथा इतिहासबाट छोडिएका समस्यालाई सकेसम्म हटाउनुपर्ने कुरा उहाँले व्यक्त गर्नुभयो। यसबाहेक, एशियाली मुलुकले विश्व आर्थिक प्रशासन व्यवस्थापनको निर्माणमा सक्रिय रुपमा भाग लिई एशियाको साझा आवाज र चाहनाबारे उचित रुपमा देखाएर क्षेत्रीय आर्थिक विकासका लागि असल बाहिरी वातावरण खोज्नुपर्ने पनि उहाँको भनाइ रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह