फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोआउ सहमतिबाट एशियाको विकासलाई नयाँ जीवित शक्ति दिइएको

(GMT+08:00) 2012-04-04 18:43:23

           अप्रिल तीन तारिखका दिन सन् 2012 पोआउ एशियाली वार्षिक मञ्च चीनको हाइ नानमा सम्पन्न भएको छ। तीन दिनभित्र विभिन्न महाद्वीपबाट आएका दुई हजारभन्दा बढी प्रतिनिधिले सक्रिय तथा गहन रुपमा बैचारिक आदान-प्रदान गरी धेरै नयाँ तथा व्यवहारिक विचार राखेका छन्। विशेष गरी आर्थिक विकास ढाँचा बदल्नेबारे सहमति जनाएका छन्। साथै सन्तुलित, स्वस्थ, दिगो, सिर्जनशील गरी विकास गर्नुपर्ने कुरामा जोड दिएर नयाँ विकास धारणा खडा गरिएको छ। यसले एशियाका विभिन्न आर्थिक समूहको विकासमा नयाँ जीवित शक्ति थपिदिएको छ।

           हाल विश्व आर्थिक विकास कम्जोर भएको देखिन्छ। एशियाली मुलुकसमक्ष सामान्यतः आर्थिक विकास ढाँचा बदल्ने समस्या देखा परेका छन्। यसै वार्षिक मञ्चले समयको आवश्यकता र एशियाको अपेक्षाबमोजिम "परिवर्तित विश्वमा रहेको एशियाः स्वस्थ तथा दिगो विकासतर्फ जाऔं"लाई मुख्य विषयमा राखेको छ। उक्त मुख्य विषय लिएर विभिन्न मुलुकका नेतागण, उद्योग व्यवसाय क्षेत्रका नेता र शैक्षिक क्षेत्रका विशेषज्ञले सक्रियताका साथ संशोधन र परिवर्तनको बाटो खोजेका छन्। मञ्चमा भएको सम्बोधन र सार्वजनिक भएको प्रतिवेदनबाट हेर्दा विकासको ढाँचा बदल्न एशिया सहमत हुन थालेको छ। चीनको अन्तर्राष्ट्रिय अध्ययन कोषअन्तर्गत एशिया तथा प्रशान्त अध्ययन केन्द्रका अध्ययनकर्ता शन श शोनको विचारमा, आर्थिक विकास ढाँचा बदल्नमा जोड दिने, नयाँ विकास तरिका अपनाउने, अर्थतन्त्रको दिगो तथा स्वस्थ विकासलाई बढाउने कुरा नै यस मञ्चको महत्वपूर्ण सहमतिका कुरा हुन। साथै यसबाट एशियाको आत्मविश्वास र आत्मबल देखिएको छ।

           आर्थिक ढाँचा बदल्नुलाई मुख्य कार्यमा राखी हालसम्म स्पष्ट उपलब्धि हासिल भएको देखिएको छ। आर्थिक ढाँचा बदल्न हरित, वातावरण संरक्षक र दीगो विकास गर्नुपर्ने कुरामा विभिन्न मुलुकका विशेषज्ञबीच सहमति सम्पन्न भएको छ। पोआउ एशिया मञ्चले व्यवहारिक रुपमा सहमतिको आधार बनाउनसक्छ। पुरानो विकास ढाँचा जारी राख्न गाह्रो छ, नयाँ विकास ढाँचा चालेर नयाँ तथा सक्रिय विचारलाई व्यवहारमा उतार्नुपर्नेबारे मानिसले थाहा पाएका छन्।

           यसै वार्षिक मञ्चको अवधिमा चीनका उप-प्रधानमन्त्री लि ख छ्याङले एशियाको स्वस्थ तथा दीगो विकासबारे पाँच प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यसबाट विकाससम्बन्धी चीनको अडान प्रष्ट हुनुका साथै विकाससम्बन्धी समस्याको समाधान गर्ने विचार प्रस्तुत गरिएको छ अर्थात् "ढाँचा छिटो बदल्नु नै मुख्य कार्य हो, जन-जीवनको सुधार गर्नु नै मूल कुरा हो, सुधार तथा सिर्जना नै उत्प्रेरक शक्ति हो"। त्यसैले यस कुरामा सहभागीहरुको उच्च समान विचार प्राप्त भएको छ। उप-प्रधानमन्त्री लि ख छ्याङको सम्बोधनबाट चीनको जिम्मा र भूमिका देखिन्छ र पोआउ एशिया मञ्चको विकासलाई अझै व्यवहारिक रुपमा बढाउनसकिने कुरा पनि अध्ययनकर्ता शन श शोनले उल्लेख गरेका छन्

          लि ख छ्याङको सम्बोधन र प्रस्तावबाट विभिन्न समस्या सुझबुझ भएको देखिन्छ। जस्तोभनौँ औद्योगिकीकरण, शहरीकरण र कृषिको आधुनिकीकरण कार्य गहन रुपमा सुधार गरे मात्रै अरु विकास हुनसक्नेछ। वास्तवमा श्री लि ख छ्याङको सम्बोधनले भविष्यमा मञ्चको विकासको लागि दिशा देखाएको छ अर्थात् व्यवहारिक र लक्षित दिशातिर विकास हुनुपर्छ।

           एशियामा बैकिङ्ग संकट भएपछि पोआउ एशिया मञ्चको स्थापना भएको हो। विगत दश वर्षमा मञ्च र एशियाले सँगै विकसित भइ क्षेत्रीय आर्थिक एकीकरणलाई बढाउन र एशियाली मुलुकले विकासको लक्ष्यलाई साकार तुल्याउन महत्वपूर्ण योगदान दिएको छ। यसै मञ्चमा सार्वजनिक भएको सन् 2012 एशियाली आर्थिक एकीकरणसम्बन्धी प्रतिवेदनका अनुसार, एशिया विश्वका नवोदित आर्थिक समूह सबभन्दा केन्द्रित भएको क्षेत्र बनेको छ। हाल पोआउ एशिया मञ्चको अर्को दश वर्ष अवधि सुरु भएको छ। अध्ययनकर्ता शनको विचारमा एशियाली क्षेत्र स्थीर रुपमा अर्को दश वर्षसम्म विकसित भएमा विश्वमा एशियाको स्थान ठूलो तथा फरक हुनेछ र त्यसको लागि मञ्चले अझै ठूलो भूमिका खेल्नुपर्छ।

           आगामी दश वर्षमा पोआउ एशिया मञ्चले अझै ठूलो भूमिका खेल्नसक्ने आशा मानिसले लिएका छन्। त्यसैले एशियाको आर्थिक विकासलाई बढाउने क्रममा मञ्चको महत्वपूर्ण भूमिका निर्वाह गर्न विगत दश वर्षको अनुभवको निचोड झिक्दै आगामी दश वर्षमा मञ्चको अझ राम्रोसँग संचालन गरिनुपर्दछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह