फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"भारतको त्रास-धम्कीको सिद्धान्त" नभएको चीनका सञ्चार-माध्यमको ब्याख्या

(GMT+08:00) 2012-04-06 12:18:49

            अन्तर्राष्ट्रिय समाचार सम्बन्धी चीनको मुख्य पत्रिका "ग्लोबल टाइम्स"ले विहीबारको अंकमा "भारत कमजोर छ र त्रास-धम्की दिन सक्दैन"शीर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखका लेखक अमेरिकाको जोन हप्किङ्स विश्वविद्यालयमा अध्ययन गर्न जानुभएका लुङ सिन छुन हुनुहुन्छ।

           उक्त लेखअनुसार, हालका केही वर्षदेखि यता भारतको अर्थतन्त्र तीब्र रुपमा विकास भएको र विश्वका मुख्य नवोदित मुलुकहरुमध्येको एक बनेको छ तर मुख्य पश्चिमा मुलुकहरु र चीनको तुलनामा भारतको समष्टिगत आर्थिक क्षमता विस्तार भैरहेको छ। भारतको सफ्टवेयर लगायतका थोरै व्यवसायहरुमा सशक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्ति देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा उपभोगकर्ताहरुले देखेका भारतीय उत्पादित वस्तुहरुको संख्या थोरै छ। भारतको व्यवसाय बनौटमा उद्योगले ओगटेको अनुपात 30 प्रतिशत पुगेको छैन, सेवा व्यवसाय 50 प्रतिशतभन्दा बढी पुगेको छ। भारतको प्रतिरक्षा उद्योगमा आत्म निर्भर भएर अनुसन्धान, विकास र उत्पादनको क्षमता कमजोर छ। भारतको सेनाले अत्याधुनिक प्रबन्धका कारण विदेशबाट सामान किनेको छ ।

            साथै उक्त लेखअनुसार, हालका केही वर्षदेखि यता विश्वका धेरै विश्लेशक विद्बान र सञ्चार-माध्यमले भारतको अर्थतन्त्रको प्रशंसा गरेका छन्। र भारतको विकास भविश्यप्रति आशावदी भएका छन्। विभिन्न मुलुकका नेताहरुले कूटनीतिक क्षेत्रमा भारतको भूमिकाको उच्च मूल्याकंन गरेका छन् तर राजनीतिक क्षेत्रमा भारतलाई एउटा ठूलो मुलुकको रुपमा लिएका छैनन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह