फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत मार्च महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 47 प्रतिशतले वृद्धि भएको छ

(GMT+08:00) 2012-04-23 18:44:45

           नेपाल पर्यटन वर्ष सिद्धिनासाथ लुम्बिनी भ्रमण वर्ष मनाइरहेको नेपालमा चिनियाँ पर्यटक उत्साहजनक रुपमा बढिरहेका छन् । नेपाल पर्यटन बोर्डले सी.आर.आई.लाई उपलब्ध गराएको तथ्या अनुसार सन् 2011 को मार्च महिनामा भन्दा चालु वर्षको मार्च महिनामा 47 प्रतिशत बढी चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

           सन् 2011 को मार्च महिनामा हवाइमार्गबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 2 हजार 8 सय 97 थियो । चालु वर्षको मार्च महिनामा सो तथ्यामा 47 प्रतिशतले वृद्धि भई 4 हजार 2 सय 60 जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् । त्यसैगरी गतवर्षको जनवरीदेखि मार्चसम्म नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको तुलनामा चालु वर्षको सोही अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 37 प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

           सन् 2011 को जनवरीदेखि मार्चसम्म नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 10 हजार 2 सय 93 थियो भने चालु वर्षको सोही अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 14 हजार एक सय 17 पुगेको छ । नेपाल पर्यटन बोर्डले दिएको तथ्यामा हवाइ मार्गबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकलाई मात्र समावेश गरिएको स्पष्ट पारेको छ । हवाइमार्ग बाहेक तातोपानी खासा नाकाको स्थलमार्ग प्रयोग गरेर पनि चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह