फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको चितवनस्थित क्यान्सर अस्पतालमा चिनियाँ चिकित्सकहरुले उत्कृष्ट सेवा गर्दै आएका छन्

(GMT+08:00) 2012-04-25 18:49:19

          चितवनको भरतपुरमा स्थापित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपालकै नमूना अस्पतालमा स्थापित भएको छ । 12 वर्ष अगाडिदेखि सञ्चालित यो अस्पताल चिनियाँ सहयोगमा निर्माण भएको हो ।

          बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका बोर्ड अध्यक्ष डा. राममान श्रेष्ठले सी.आर.आई.लाई बताउनु भएअनुसार सो अस्पतालमा अहिले पनि 16 जना चिनियाँहरु कार्यरत रहेका छन् । 14 जना चिनियाँहरु चिकित्सक हुन् भने दुईजना सहयोगीका रुपमा कार्यरत रहेका छन् ।

           अस्पतालमा चिनियाँ चिकित्सकको टोली प्रत्येक वर्ष चीनबाट आएर सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ । चिनियाँ चिकित्सकहरु सो अस्पतालमा आएर काम गरेजस्तै निकट भविष्यमा नेपाली चिकित्सकहरुलाई पनि चीनका विभिन्न अस्पतालमा लगेर सेवा आदानप्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष डा. श्रेष्ठले बताउनुभयो । यसरी सेवा आदानप्रदान गर्दा विशिष्ट अनुभव थप हुने र नेपाल र चीनबीचको मैत्री सम्बन्धमा पनि थप टेवा पुग्ने उहाँको भनाइ छ ।अस्पतालमा कार्यरत चिनियाँ चिकित्सकहरुले उत्कृष्ट सेवा प्रदान गरेको बताउँदै चिनियाँ चिकित्सकबाट नेपाली चिकित्सकले धेरै कुरा सिकिरहेको उहाँले बताउनुभयो । चिनियाँ सहयोगमा निर्माण भएकाले अस्पतालमा प्रयोग भएका प्रविधिहरु पनि चिनियाँ नै जडान भएका छन् । तसर्थ पनि चिनियाँ चिकित्सकहरुले पुर्याएको सेवा बढी प्रभावकारी भएको हो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह