फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सञ्चार-माध्यमद्बारा संवादबाट एशियाको होडबाजीको खतरालाई कम पार्नसक्ने ठहर

(GMT+08:00) 2012-04-26 17:50:53

            अन्तर्राष्ट्रिय समाचारसम्बन्धी चीनको मुख्य पत्रिका "ग्लोबल टाइम्स"ले 26 तारिखका दिन "प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबाट पाकिस्तानसम्म, सम्पर्कको कठिनाई"शीर्षकको टिप्पणी प्रकाशित गरेको छ।

           उक्त टिप्पणीअनुसार, पाकिस्तानी सेनाले 25 तारिखका दिन आणविक हतियार बोक्न सक्ने मध्यम दूरीको क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण गरेको छ। विश्व जनमत अनुसार यो भारतले 19 तारिखका दिन "अग्नि पाँच"नामक क्षेप्यास्त्रको प्रक्षेपण गरेकोप्रति पाकिस्तानले दिएको जवाफ हो। हालैका दुई दिनभित्रै उत्तर कोरियाले तेस्रो पटक आणविक परीक्षण गर्ने सूचना पश्चिमी मुलुकहरुमा चुहावट भएको छ ।

            उक्त टिप्पणीमा जनाइएअनुसार, भारतले "अग्नि पाँच"नामक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्नुअघि सम्बन्धित विश्लेषकहरुले पाकिस्तानले पनि मध्य तथा सुदूर दूरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्ने अनुमान गरेका थिए । उत्तर कोरियाले नयाँ आणविक परीक्षण गर्ने कुरालाई चीनले दृढताका साथ विरोध गरेको छ। यसका साथै अमेरिका, जापान र गणतन्त्र कोरियाले पनि उत्तर कोरियालाई अझै बढी दवाव दिनुपर्नेछ। अमेरिकाले पनि एशियाली मुलुकहरुको वास्तविक विचारबारे जानकारी लिनुपर्ने र एशियाको स्थिरताका लागि वास्तविक कार्य गर्नुपर्ने कुरा टिप्पणीमा लेखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह