फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनताको जातीय आत्मविश्वास

(GMT+08:00) 2012-05-15 16:56:27

           चीनको मुख्य अन्तर्राष्ट्रिय समाचार सम्बन्धी अखवार "ग्लोबो टाइम्स"ले 12 तारिख "चीनको तुलनामा छिमेकी मुलुकको जातीयतावाद अझ गम्भीर" शीर्षकको टिप्पणी प्रकाशित गरेको छ।

           उक्त लेखका अनुसार, यसपटकको ह्वाङ्ग यान टापूको घटनामा फिलिपिन्सको जातीयतावाद निकै गम्भीर भएको तुलनामा चिनियाँ समाजको भावना अझै संयमित देखिएको छ । केही फिलिपिन्स नागरिकले 11 तारिख विश्वका केही शहरहरुमा प्रदर्शन गरेका थिए। त्यसप्रति चिनियाँ सर्वसाधारणले प्रतिशोधको जवाफी भावना लिएका छैनन्। वास्तवमा केही वर्षदेखि यता छिमेकी मुलुकहरुसँग द्वन्द्व भएको बेलामा चिनियाँ समाजको जातीयतावाद अझ नरम हुँदैआएको छ। तर केही वरिपरिका मुलुकको जातीयतावाद अझ गम्भीर भएको छ। विकसित मुलुक हुनुका नाताले चिनियाँ सर्वसाधारणसँग अझ धेरै आत्मविश्वास रहेको देखिएको छ ।

           केही साना छिमेकी मुलुकहरुले चीनलाई धम्की दिने गरेकोबारे अहिले चिनियाँहरुले सोचेर आवश्यक परेको बेलामा फिलिपिन्सलाई जवाफ दिन अनुरोध गरेका छन्। तर यस्तो विचारको लहर पनि रणनैतिक प्रतिरक्षात्मक भएको छ। चिनियाँ समाजले बाह्य जगतमाथि प्रहार गर्ने इच्छा लिएको छैन। तीव्र विकासबारे चिनियाँ समाजको वास्तविक महसुस गराउनु नै अहिलेको आवश्यकता हो ।

            चिनियाँ जनताको जातीय सद्भाव क्रमशः बढ्दै गएको छ। त्यसैले चर्को गतिविधि चलाउने संभावना कम हुँदैआएको छ। वर्तमान समयमा चीनले स्थिरताका साथै क्रमशः आफ्नो फाइदालाई विस्तार पार्नुपर्छ। संकटको सामनाद्बारा चीनले चौतर्फी रुपमा सामुद्रिक अर्थतन्त्र, उद्योग, विज्ञान तथा प्रविधि र सैन्य शक्तिको विकास गर्ने कुरा केही सीमित लडाइँमा विजय प्राप्त गर्नुभन्दा अझ महत्वपूर्ण छ।

            भविष्यमा दक्षिणी सामुद्रिक क्षेत्रमा सैन्य भीडन्त हुने संभवना भएमा चीनले दृढताका साथ गतिविधि चलाउनेछ । तर यो चर्को जातीयतावादसँग सम्बन्धित छैन भन्ने कुरामा पनि लेखको अन्तिममा जोड दिइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह