फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि.आर.आई.का उपनिर्देशक तथा नेपालका निवर्तमान खेलकुद मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2012-05-16 16:48:43

           सि.आर.आई.का उपनिर्देशक श्री हु पाङ सङ तथा नेपालका निवर्तमान युवा तथा खेलकुद मन्त्री कमला रोकाबीच आज सिआरआईमा भेटवार्ता भएको छ।चीन सरकारको निमन्त्रणामा एक सय‌जना युवाको चीन भ्रमणको सिलसिलामा नौजनाको एक टोली आज सिआरआईको भ्रमणका लागि आएको थियो।भेटका अवशरमा उप-निर्देशक श्री हु पाङ साङले नेपाल तथा चीन असल छिमेकी,असल दाजुभाइ तथा असल साथी भएको बताउनुभयो।सातौँ शताब्दीदेखि औपचारिक रुपमा सुरु भएको चीन नेपाल सम्बन्धमा अरनिको र भृकुटी असल दूत भएकोमा पनि उहाँले जोड दिनुभयो।प्रत्यूत्तरमा पूर्वमन्त्री रोकाले सिआरआईको इतिहास गुफाबाट सुरु भएर हालको विकासको चरम स्थानसम्म आइपुगेको बताउनुभयो।पूर्वमन्त्री रोकाले विश्वका आवाजबिहीनहरूको लागि आवाजको साथी बनेको सिआरआईको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो।युवाहरूको शक्तिमा जीवन्तता रहने हुनाले नेपाल र चीनबीच युवा आदान-प्रदान निरन्तर रहनेमा पनि दुबै पक्षले स्वीकार गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह