फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र भारतबीचको विवाद ठूलो भएको कारण संगाती मुलुक बनाउन नसकिने चीनका विद्बानको ठहर

(GMT+08:00) 2012-05-17 17:36:37

          चीनको मुख्य अन्तर्राष्ट्रिय समाचार सम्बन्धी अखवार "ग्लोबो टाइम्स"ले 17 तारिखका दिन एउटा टिप्पणी प्रकाशित गरेको छ।

           उक्त लेखअनुसार, हाल अमेरिकाले भारतसँग इरानबाट तेलको आयात कम पार्न र रोक्न आग्रह गरेको छ। तर भारतले यसको अस्वीकार गरेको छ। यसबाट धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय समस्यामा भारत र अमेरिकाबीच फरक विचार भएको कुरा देखाइएको छ।

           पहिले, भारत र अमेरिकाको कूटनैतिक सिद्धान्त फरक छ। अमेरिकाले हस्तक्षेपको नीति पालना गरेको छ। अमेरिकाले युद्ध भड्काएको, अरु मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। भारतले ती कुराहरुको स्वीकार र सहयोग गर्न सकेको छैन।

           दोस्रो, शीत-युद्धमा अमेरिकाप्रति भारतको विरोधी अवधारणा छ। भारतीयहरुको विचारमा अमेरिका र पाकिस्तान एकआपसमा मिलेकाले भारतीयहरुको ठूलो भारतको सपना भंग गरेको छ।

           तेस्रो, गत शताव्दीको नब्बे दशकदेखि यता भारतको शक्ति तीब्र रुपमा माथि उकासिएको छ। भारतको ठूलो मुलुकको साकार हुने सपना दृढ भएको छ। भारतले कूटनीतिमा रणनैतिक स्वतन्त्रतामा जोड दिएको छ। जुनसकै कूटनैतिक नीतिको आधार भारतको राष्ट्रिय हित हुनुपर्छ।

           अन्तिम कुरा, तेलको वस्तु विनिमय हुने अझै हितकर आपूर्ति पत्ता लगाउनुअघि भारतले इरानबाट तेलको आयात कम गर्ने छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह