फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट नेपालमा सामान ढुवानी गर्दा अब 30 प्रतिशत सस्तो हुने भएको छ

(GMT+08:00) 2012-06-04 18:37:33

         चीनबाट नेपालमा आउने अब सुरक्षित र छिटो समयमै नेपालमा आइपुग्ने छन् अझ त्यसमा पनि 30 प्रतिशत सस्तो मूल्यमा । नेपाल चीन मैत्री ट्रेडिङ एण्ड ट्रान्सपोर्ट कम्पनीले नेपाली व्यपारीका सामान समुन्द्रीमार्गबाट भारतको कलकत्ता हुँदै नेपालमा ढुवानी गर्ने भएकाले सामान छिटो, सुरक्षित र सस्तो दरमा नेपाल आइपुग्ने भएको हो ।

          स्थलमार्गबाट चीनबाट सामान ल्याउँदा बिकट हिमाली बाटो हुने, धेरै समय लाग्ने र सामान टुट्नेफुट्ने समस्या थियो । चालु व्यवस्थाको विकल्पमा समुद्री मार्गबाट सामान ल्याउँदा ती सबै समस्याबाट मुक्ति मिल्ने र ढुवानी खर्च पनि 30 प्रतिशतले घट्ने बताइएको छ ।कम्पनीले आफ्नो कार्य शुभारम्भ गरेको अवसरमा गत शनिबार अपरान्ह काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराएको हो ।

         कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले अब चिनियाँ सामान ढुवानी गर्दा 30 प्रतिशत सस्तो हुने बताउनु भएको हो । स्थलमार्गबाट चीनको क्वाङ्चाउ लगायतका स्थानबाट काठमाडौँमा सामान ढुवानी गर्न सरदर दुर्इ महिना लाग्ने थियो तर अब 35 दिनभित्रै सामान काठमाडौँ आइपुग्ने पनि उहाँले बताउनुभयो ।

          कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले नेपाल र चीनबीचको व्यापारमा परेको कठिनाइ हटाउन आफू तयार रहेको बताउनुभयो । उहाँले दुर्इ देशबीचको व्यापारलार्इ सहज र सरल बनाउन कम्पनीले ल्याएको नयाँ कार्यक्रमको प्रशंसा पनि गर्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह