फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीसौं चीनको खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीको उद्धाटन समारोह

(GMT+08:00) 2012-06-05 19:06:22

              बीसौं चीनको खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनीको उद्धाटन समारोह तथा साँस्कृतिक कार्यक्रम आज जुन महिनाको पाँच तारिख बेलुकी दक्षिण-पश्चिम चीनको खुन मिङ शहरमा आयोजना भएको छ।

              चीनका लागि नेपाली राजद‍ूत महेशकुमार मास्के र चीनका लागि नेपाली राजदूतावासका द्वितीय सचिव कुमार राई,नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकार र महासंघका व्राण्डिग तथा आयश्रोत परिचालन समितिका सभापति ताम्राकार लगायतका व्यक्तिहहरु उक्त उद्धाटन समारोह तथा साँस्कृतिक कार्यक्रममा उपस्थित हुनुभएको छ।

              चीनको खुन मिङ बीसौं आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरुको वस्तु प्रदर्शनी भोलि जून छ तारिखदेखि औपचारिक रुपमा शुरु हुने र दश तारिखमा सम्पन्न हुनेछ।

              थाहा भएअनुसार,उक्त मेला र प्रदर्शनीको अवधिमा "खुन मिङ आयात-निर्यात मेला आयोजना भएको बीसौं वार्षिकोत्सबको समारोह", "सातौं चीन-दक्षिण एशिया वाणिज्य मञ्च" र "तेस्रो चीन-दक्षिण तथा दक्षिण र पूर्वी एशिया टेलिभिजन कला सप्ताह" लगायताका धेरै गतिविधिहरु तथा कार्यक्रमहरु आयोजना गरिनेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह