फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत मे महिनामा पनि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 10 प्रतिशतले वृद्धि भएको छ

(GMT+08:00) 2012-06-05 19:05:23

           राजनीतिक अस्थिरता, बन्द हड्ताल जस्ता समस्याले गर्दा अन्य देशबाट नेपाल भ्रमणमा आउने पर्यटकहरु घटिरहेको भए पनि चिनियाँ पर्यटकहरु भने उत्साही रुपमा बढ्दै आएका छन् । नेपाल पर्यटन बोर्डले सी.आर.आर्इ.लार्इ उपलब्ध गराएको तथ्याङ्ग अनुसार गत वर्ष सन् 2011 को मे महिनाको तुलनामा चालु वर्षको मे महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 10 प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

           गत वर्षको मे महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 2 हजार 95 थियो भने चालु वर्षको मे महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 2 हजार ३ सय 8 पुगेको छ । गत वर्षभन्दा चालु वर्षको मे महिनामा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 10 दशमलव 2 प्रतिशतले वृद्धि भएको बोर्डको तथ्याङ्गले पुष्टि गरेको छ ।

            त्यसैगरी गत वर्षको जनवरीदेखि मे महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या पदि झण्डै 35 प्रतिशतले वृद्धि भएको छ । सन् 2011 को जनवरीदेखि मे महिनासम्म नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या 14 हजार 9 सय 78 थियो भने चालु वर्षको सोही अवधिमा 20 हजार एक सय 26 जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह