फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन मिङ आयात-निर्यात मेलाद्वारा चीन र नेपालबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अघि बढाउनसकिने:चीनका लागि नेपाली राजदूत

(GMT+08:00) 2012-06-06 18:47:26

           बीसौं चीनको खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरुको बस्तु प्रदर्शनी आज जुन महिनाको ६ तारिख विहान खुन मिङ प्रदर्शनी केन्द्रमा औपचारिक रुपमा शुरु भएको छ। चीनका लागि नेपालका राजदूत डा. महेशकुमार मास्के,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार,महासंघका व्राण्डिङ्ग तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकुष्ण ताम्राकार सहित अन्य उद्यमी व्यवसायीहरु सम्मिलित प्रतिनिधमण्डल र नेपाली संचार माध्यमहरुका पत्रकारहरु लगायतका व्यक्तिहरुले यस उद्धाटन समारोहमा भाग लिनु भएको छ। उद्धाटन समारोहपछि चीनका लागि नेपालका राजदूत र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षले नेपाली स्टलहरुको निरीक्षण गर्नुभएको छ।

           सो अवसरमा श्री मास्केले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै चीनले सधैं तीव्र गतिले विकास गर्दै आएको र अर्थतन्त्रमा ठूलो सफलता हासिल गरेकाले नेपाली उद्योग-व्यवसायीहरुले यस मेला र प्रदर्शनीमार्फत चीनको सफल अनुभव सिक्नसक्ने इच्छा व्यक्त गर्नुभएको छ। श्री मास्केले भन्नुभयो---

            श्री मास्केले बीसौं चीनको खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरुको बस्तु प्रदर्शनीमा सहभागी भएको पहिलो पटक हो। र यस खुनमिङबाट फर्केपछि चीनको सफल अनुभवलाई अरु थप नेपाली उद्योग-व्यवसायीहरुलाई बताउने पनि उहाँले भन्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह