फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पत्रकार महासंघको टोलीद्वारा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अवलोकन भ्रमण

(GMT+08:00) 2012-07-17 18:48:25

           चीन भ्रमणमा आएको नेपाली पत्रकारहरुको टोलीले जुलाई सत्र तारिख मंगलबारका दिन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको भ्रमण गरेको छ । टोलीले नेपाल चीन सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउनका लागि पुर्‍याएको योगदानबारे सिआरआई नेपाली सेवाको भ्रमणका क्रममा जानकारी लिएको थियो । नेपाल पत्रकार महासंघका महासचिव ओम शर्मा कोषाध्यक्ष शीतल साह केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार लगायत छ जनाको टोलीले सीआरआई नेपाली सेवाको भ्रमण गरेको थियो ।

           सिआरआईका उपनिर्देशक यिन लिले प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै सिआरआईको बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार, सिआरआईअन्तर्गत अखवार, एफएम रेडियो तथा टेलिभिजन कार्यक्रम आदि समावेश छन्। दुई मुलुकका सञ्चारमाध्यमबीच सहयोग आदान प्रदान गरेमा संचारको क्षेत्रमा अझ राम्रो उपलब्धी हासिल गर्न सकिने उहाँले बताउनुभयो ।

           प्रतिनिधि मण्डलका प्रमुख ओम शर्माले नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका बारेमा जानकारी दिँदै चीनको भ्रमण, विशेष गरी सिआरआईको भ्रमणद्बारा अझ बढी अनुभव प्राप्त गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

           यसैगरी सीआरआई नेपाली सेवासँग संक्षिप्त प्रतिक्रिया दिंदै सहभागी पत्रकारहरुले नेपाल चीन सम्बन्धलाई जनस्तरमा अझ विकास गर्नका लागि संचार जगतमा आदान प्रदान र आपसी भ्रमण उपलब्धीमूलक हुने प्रतिक्रिया दिनुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह