फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली दुताबासद्बारा सञ्चार-माध्यमका लागि प्रचार-प्रसार समारोहको आयोजना

(GMT+08:00) 2012-07-17 12:06:08

         नेपाल तथा चीनबीचको आर्थिक, ब्यापारिक र पर्यटनको सहयोगलाई अझ गहन पार्नका लागि चीनका लागि नेपाली दुताबासले हाल पैचिङ्गमा चिनियाँ सञ्चार-माध्यमका लागि प्रचार-प्रसार समारोहको आयोजना गरेको छ । त्यसअवसरमा चीनका लागि नेपाली राजदूत डाक्टर महेश कुमार मास्केले विदेशी लगानीकर्ता अझ विशेषगरी चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्न नेपाल सरकारले अनेकन् सहुलियत नीति र नियमको तर्जुमा गरेको जानकारी दिनुभयो।

         उहाँका अनुसार, यस वर्ष सन् 2012 लाई नेपाल-चीन मैत्रीपूर्ण सांस्कृतिक आदान-प्रदान वर्षको रुपमा घोषणा गरिएको छ । यसका साथै नेपाल सरकारद्बारा घोषित लुम्बिनी पर्यटन वर्ष"तथा " यसै वर्ष नेपाली लगानी वर्ष" पनि हो। बितेका केही वर्षयता दुवै देशबीचको आर्थिक र ब्यापारिक सहयोगमा टड्कारो उपलब्धी प्राप्त हुँदैगएको देखिन्छ। हाल दुवै पक्षबीच तीन सय साठीभन्दा बढी आर्थिक र ब्यापारिक सहयोग सम्झौता पनि सम्पन्न भइसकेका छन् । यसबाहेक दुवै पक्षबीच जल-विद्युत परियोजना, कृषि र आधारभूत प्रबन्धको निर्माण आदि पक्षमा पनि निकै राम्रो उपलब्धि प्राप्त भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह