फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपाललाई झण्डै 4 करोड रुपैयाँको खाद्यान्न सहयोग उपलब्ध गराएको छ

(GMT+08:00) 2012-07-18 18:58:07

            चीन तिब्बत खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत नेपालको तिब्बत स्वायत्त प्रदेशसँग सीमा जोडिएका 9 जिल्लालाई 3 करोड 78 लाख रुपैयाँ बराबरको खाद्यान्न प्राप्त भएको छ । चिनियाँ दूताबासले सी.आर.आई.लाई दिएको जानकारी अनुसार गत सोमबार तातोपानी खासा नाकामा आयोजित कार्यक्रममा चिनियाँ सहयोग नेपाली अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

             चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएका बिकट हिमाली जिल्लाहरुमा हुने खाद्यान्न अभावलाई कम गर्नका लागि चीनले गत वर्षदेखि नेपाललाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको छ । सहयोग प्राप्त गर्ने जिल्लाहरुमा सिन्धुपाल्चोक, दोखला, दार्चुला, सोलुखुम्बु, हुम्ला, डोल्पा, मनाङ, संखुवासभा र गोरखा रहेका छन् । सहयोग हस्तान्तरणमा 50/50 टन चामल वितरण गरिएको दूताबासले स्पष्ट पारेको छ ।

             चीनले नेपालको हिमाली क्षेत्रमा भौतिक पूर्वाधार, सीमा सुरक्षाको लागि सुरक्षा पोष्टको स्थापना लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । चालु वर्षको सुरुमा चिनियाँ प्रधानमन्त्री वन च्यापाओले गर्नुभएको नेपाल भ्रमणमा पनि नेपाललाई दिइने सहयोगलाई वृद्धि गरिएको थियो ।

             यसैगरी चीनले रसुवा, मुस्ताङ लगायतका थुप्रै जिल्लाहरुमा चिनियाँ सहयोगमा विद्यालयका भवनहरु निर्माण भएका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह