फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा नेपाल चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रममा सम्पन्न भएको छ

(GMT+08:00) 2012-08-06 18:55:28

           चीनको कुन्लुन समूह र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा गत शुक्रबार सो गोष्ठीको थालनी भएको थियो ।

           सो कार्यक्रममा चीनको दक्षिण एसिया अनुसान्ध केन्द्रका प्राध्यापक लिउ चीनले चिनियाँ पर्यटकका लागि नेपाल सर्वोत्तम गन्तव्य भएको बताउनुभयो । उहाँले मुनामदन चिनियाँ भाषामा अनुवाद भएपछि थुप्रै चिनियाँहरुले नेपाल र नेपाली संस्कृतिका बारेमा थाहा पाएको बताउनुभयो । अनुसन्धान केन्द्रकै अर्का प्राध्यापक केवी चुनले बुद्ध धर्म, संस्कृति र दर्शनशास्त्रको सम्बन्धले दुर्इ देशबीचमा सांस्कृतिक आदानप्रदान सहज र सरल भएको बताउनुभयो ।

          नेपाली पक्षबाट बोल्दै साहिल्यकार श्याम श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय बुद्धिजमका उपप्राध्यापक वेदराज ज्ञवाली र विगठित संविधानसभाका सदस्य गोपाल ठाकुरले दुर्इ देशबीचमा सांस्कृतिक आदानप्रदान गरेर पर्यटनलार्इ प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

           कार्यक्रमको दोस्रो दिन हिजो नेपाल र चीनका पर्यटन व्यवसायी तथा हवाइ सेवाका कम्पनीहरुबीचमा छलफल भएको छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमा भारतपछि चीन पहिलो स्थानमा रहेको छ । जति बढी चिनियाँ पर्यटकहरुले नेपालको भ्रमण गर्छन् त्यति नै दुर्इ देशबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्ध उति नै मजबुत हुने कुरामा जोड दिइएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह