फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामाजिक पूर्वाग्रहद्बारा चीन र भारतबीचको सम्बन्धको विकासमा बाधा

(GMT+08:00) 2012-08-07 18:36:38

         अन्तर्राष्ट्रिय समाचारबारेको चीनको महत्वपूर्ण अखवार अर्थात् "ग्लोबल टाइम्स"ले हिजो हङकङको चिनियाँ विश्वविद्यालयकाका उप-प्राध्यापक शन शुइ व्हैद्बारा लेखिएको "पूर्वाग्रहमा ध्यान नदिए चीन र भारतबीच शीतयुद्ध हुने" नामको लेख प्रकाशित गरेको छ। लेखकले चीनका आठवटा वेभसाइटको मञ्चको नमूना छानेर चार वर्षसम्मको विश्लेषण गरेका छन्। यसैगरेपछि चीनका अधिकाँश नेटग्राहकले भारतमा पूर्वाग्रह लिएको कुरा स्पष्ट भएको छ। साथै यस्तो चीनप्रतिको पूर्वाग्रह भारतीय सँचार-माध्यममा पनि रहेको छ।

         लेखकले चीनको वेभसाइटमा भारतप्रतिको पूर्वाग्रह मुख्यतयाः यी कुरा खोजेको छ। एक, छालाको रङ्गबारेको जातीय भनाइ । भारतीयको छाला चिनियाँकोभन्दा कालो छ र खाने बानीमा सीधै हातको प्रयोग गरेको छ। यो त साँस्कृतिक फरकपन हो। तर कोही नेटग्राहकले यो कुराबाट भारतीय शिक्षा तह अपेक्षाकृत तल भएको देखाइएको विचार लिएको छ। दुइ, चिनियाँ नेटग्राहकमा भारतीय आर्थिक विकासबारेको जानकारी त्यति बढी छैन। तिनीहरूले सञ्चार, बिज्ञान, प्रविधि तथा सफ्टवेयरको विकास आदि पक्षमा भारतको उन्नतिशिल कुरालाई ध्यान दिएका छैनन्। यसका साथै तिनीहरूले कहिलेकाहीँ "सारा एशियामा भारतको झुपड बस्तिको संख्या सबभन्दा बढी भएको"आदि विषय प्रस्तुत गरेका छन्। भारत तेस्रो विश्वमा रहेको कुरामा विश्वास छ। तीन, भारत सन् 1962को चीन र भारत सिमाबारेको युद्धमा विफल थियो। यो कुरा चिनियाँ नेटग्राहकले भारतीय सैनिक शक्ति कमजोर भएको विचार लिएको मुख्य कारण बनेको छ। तिनीहरूको विचारमा चीन र भारतबीच युद्ध भएमा चिनियाँ जन मुक्ति सेनाले भारतलाई सजिलोसँग जित्नसक्छ। चार, धेरै चिनियाँ नेटग्राहकले निम्नलिखित विचार लिएको छ। जुन यस प्रकार छ भारतले चीनसंग बदला लिनका लागि अरु बढी रुपमा अमेरिका र जापानसित गठबन्धन गर्ने र छिमेकी मुलुकसित मिलेर चीनलाई घेरामा पार्नेछ। यसले राष्ट्रिय सुरक्षालाई धम्की दिनेछ। पाँच, भारतले चीनको भू-भागको सार्वभौमिक्ताप्रतिको माग गर्ने र दलाइ ग्रूपलाई राम्ररी व्यवहार गर्ने जस्ता तर्क राख्नै नेटग्राहकले चीनलाई टुक्याउन खोज्ने मनसाय भारतले लिएको विचार लिएका छन।

          यसका साथै भारतीय सँचार-माध्यममा पनि चीनप्रतिको पूर्वाग्रह छ।

          लेखमा सामाजिक पूर्वाग्रहद्बारा चीन-भारत सम्बन्धको विकासमा बाधा पुर्‍याइएको कुरामा जोड दिइएको छ। त्यसैले पारस्परिक पूर्वाग्रह हटाउन एकदमै जरुरी छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह