फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले नेपाल चीन उद्योग वाणिज्य संघ ललितपुरको उद्घाटन गर्नु भएको छ

(GMT+08:00) 2012-08-08 18:57:59

            नेपालका लागि चिनियाँ राजदूत यङ हौलानले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा आर्थिक सम्बन्ध महत्वपूर्ण र कोशे ढुङ्गाका रुपमा रहेको बताउनु भएको छ । नेपाल चीन उद्योग वाणिज्य संघ ललितपुर शाखाको हिजो उद्घाटन गर्दै राजदूत यङले सो विचार व्यक्त गर्नु भएको हो ।

            नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको 57 औँ वाषिकोत्सवका अवसरमा नेपाल चीन उद्योग वाणिज्य संघ ललितपुर शाखाको उद्घाटन भएको हो । चीनले नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको बताउँदै नेपाललाई दिइँदै आएको सहयोगमा वृद्धि गरिने राजदूत यङले बताउनुभयो । नेपालमा चिनियाँ लगानीको बलियो सम्भावना रहेको बताउँदै उहाँले पर्यटन र जलश्रोतमा चिनियाँ लगानी आउन सक्ने बताउनु भयो ।

            सो अवसरमा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको व्यापारमा रहेका समस्या हटाउन नेपाल र चीन सरकारलाई सुझाव दिनुभयो । उहाँले चीनले दिएको शून्य भन्सार दरको कार्यान्वयनमा जोड दिनुपर्ने औँल्याउँदै भन्नुभयो नेपालमा चिनियाँ लगानीलाई प्राथमिकता दिनुपर्छ ।

             सो कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले पनि बोल्नु भएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह