फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा आर्थिक तथा राजनीतिक व्यवस्था सुधारलाई समन्वयात्मक रुपमा अघि बढाइने

(GMT+08:00) 2012-10-23 18:40:19

    सुधार इतिहास रहँदैजानुको मुख्य विषय हो। निरन्तर रुपमा सुधार गरेपछि मात्र देशमा जीवन्त शक्ति भरिपूर्ण हुनसक्नेछ। गएका हजारौं वर्षभित्र चीनमा धेरैपटक गरी ठूल्ठूला र ससाना क्रान्तिकारी आन्दोलन भएका थिए। सत्ता परिवर्तित हुने क्रममा देशको सञ्चालन गरिने ढाँचा पनि परिवर्तन हुने गरेको छ। तर मालसामान निकै अभाव भएको वातावरणमा सबैजनाको सामु बाँच्ने त्रास-धम्की आइपरेको देखिन्थ्यो। नयाँ चीन स्थापना भएपछि विशेषत: सुधार र खुलापन लागू भएपछि त्यस्तो अवस्था क्रमश: बदलिंदैआएको देखिन्छ।

        अस्वीकार गर्नै नसकिने कुरा के हो भने वर्तमान चीनमा केही मानिसहरू अझ विपन्न अवस्थामा रहिरहेका छन्। तर समष्टिगत अवस्थाबाट हेर्दा गरिबी अवस्थामा चक्रबद्ध रुपमा आवत-जावत हुने चीनको लामो इतिहास अन्त्य हुनुका साथै पहिलेको बाँच्ने संकट अहिले सामाजिक जीवनको केन्द्रीय विषय पनि होइन। पुस्तौंपुस्ताका प्रयासमार्फत चीनले एउटा बिशाल ऐतिहासिक बाधालाई पार गरिसकेको छ।

        हाल चीन गहिरो परिवर्तनको अवधिमा रहिरहेको छ। प्रायजसो मानिसका लागि मालसामानको आधारभूत पूर्वाधारलाई पूरा भएपछि मानिसहरूको बाँच्ने तरीका र जीवन धारणामा पनि परिवर्तित हुने गरेको छ। समाजका प्रत्येक क्षेत्र र हरेक ठाउँमा युगसँगै अघि बढ्ने जरुरता पनि स्पष्ट देखिन्छ। पहिले समस्त समाजले आर्थिक समृद्धि हुने लक्ष्यलाई साकार तुल्याउनका लागि प्रयास गर्ने गरेको थियो। आगामी समाजको मुख्य आग्रह एक अझ न्यायोचित सामाजिक वतावरणको स्थापना गर्नु हो। त्यसका लागि समन्वयात्मक रुपमा आर्थिक व्यवस्थाको सुधार तथा राजनीतिक व्यवस्थाको सुधारलाई अघि बढाउनुपर्छ।

        के भन्नसकिन्छ भने चिनियाँ समाजमा रहेका सबै परिवर्तनको स्वरुप वास्तवमा मानवीय परिवर्तन नै हो। किनकि बाँच्ने वातावरण फरक रहेको कारण जीवनको धारणा पनि भिन्ना भिन्नै किसिमका हुन्छन्।

        बितेका साठी वर्षभन्दा लामो समयमा चीनले ऐतिहासिक अर्थ रहेका तीनवटा ठूलो घटनालाई पार गरेको थियो। पहिलो, राजनीतिक क्रान्तिमार्फत देशमा स्वतन्त्रता आएको छ। दोस्रो, आर्थिक सुधार हुने तरिकामार्फत देशलाई विपन्न अवस्था उन्मूलन भएको छ। र तेस्रो चाहिं सुधार र खुलापनको क्रममा राजनीतिक र सामाजिक सहिष्णुताको विस्तार गरिनुका साथै समस्त समाज झन् झन् खुलस्त हुँदैगएको देखिन्छ। तर जनसङख्याको बनौट लगातार रुपमा परिवर्तित हुँदैआएको सिलसिलामा "चिनियाँ"को विशेषता पनि बदलिंदैआएको देखिन्छ। वर्तमान चिनियाँ मानिस पहिलेको भन्दा धेरै फरक रहेको छ। आगामी चिनियाँ व्यक्तिहरू अर्को किसिमको "नयाँ मानव जाति"हुने भएको छ। उनीहरू सबै नै सामाजिक सुधार र आर्थिक समृद्धि हुने क्रममा लाभान्वित हुने मानिसहरू हुन्। तर त्यसका साथै उनीहरू वर्तमान अवस्थाको चुनौतिवाहक र परिवर्तनकारी शक्ति पनि हुन्।

        वर्तमान चीन र पहिलेको चीनबीच निकै ठूलो फरक रहेको छ। विपन्न अवस्थाको सामना गर्नका लागि गठन गरिएको जीवन-समूदाय पनि टुक्रिएको देखिन्छ। साथै सामाजिक तह र हितसम्बन्धी आग्रह दिन प्रतिदिन जटिल र रङ्गीचङ्गी हुनेछ। यस्तो नयाँ र जटिल परिस्थिति भएको पृष्ठभूमिमा सत्तारुढ व्यक्तिले विभिन्न तहका हक-अधिकारको चाहनालाई पूरा पार्नुका साथै नयाँ युग अनुकूल हुने नयाँ राजनीतिक र सामाजिक परिपाटीलाई निश्चित पार्नुपर्छ। साथै आम्दानी वितरणको समानतालाई साकार तुल्याएर क्रमश: आम्दानी वितारण बीच भिन्नता विस्तार हुने अवस्थाको कटौती गर्नु बाहेक शिक्षा र चिकित्सा आदि स्रोतको वितरणमा मौजुद असमानताको पनि समाधान गर्नुपर्छ। जसबाट जनताले संयुक्त रुपमा सुधार र विकासको उपलब्धिको उपभोग गर्नुका साथै निष्पक्षता र न्यायलाई पूरा पार्न सकिनेछ।

        अमेरिकी मनोवैज्ञानिक मास्रोले "मानव जातिको चाहनाको विभिन्न तह"मा प्रकाश पार्ने क्रममा मानिसको चाहना अनंत हुने कुरा औंल्याउनुभयो। त्यसको अर्थ के हो भने बाँच्ने आधारभूत चाहनालाई प्रत्याभूति दिइएपछि जनताले अझ उच्च स्तरीय खाँचो पूरा पार्न खोजेका छन्। त्यसमा राजनीतिक मामिलामा सहभागी हुने, समान मौका पाउने, सामाजिक निष्पक्षता र व्यक्तिगत मूल्यलाई साकार तुल्याउने स्वतन्त्रता पाउने आदि विषय पनि समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह