फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा "जनमुखी बन्ने"आधारमा जोडतोडसँग सार्वजनिक परराष्ट्र नीतिको कार्यलाई अघि बढाइने

(GMT+08:00) 2012-10-24 17:40:47
   बितेका दश वर्षभित्र चीनका महत्वपूर्ण परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा रहेका प्रत्येक कारवाइ सधैं नै विश्वको ध्यानाकर्षणका विषय बनेका थिए। चीनको परराष्ट्र नीतिबारे गहन रुपमा जानकारी लिने अन्तर्राष्ट्रिय समाजको माग पनि दिनप्रति दिन बढ्दैगएको देखिन्छ। देशभित्रबाट हेर्दा विदेशको ख्याल-विचार गर्ने र त्यसमा संलग्न हुने सर्वसाधारणको उत्साह पनि निरन्तर रुपमा माथि उठ्दैआएको छ। यसका साथै चीनको सत्तारुढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीद्बारा प्रस्तुत गरिएको र व्यवहारमा उतारिएको "वैज्ञानिक विकास धारणा"भन्ने मूल विचारधारा तथा "जनताका लागि विदेशतिर उन्मुख हुने र जनमुखी बन्ने"विचारधारालाई पनि स्पष्टसँग चीनको परराष्ट्र कार्यमा कार्यान्वयन गरिएको छ। यस्तो विचारधाराको निर्देशनअनुसार चीनको सार्वजनिक परराष्ट्र कार्य पनि तीव्र गतिले विकसित हुँदैआएको देखिन्छ।

        सार्वजनिक परराष्ट्र भन्ने विषय वास्तवमा सरकार मुख्य रहेको, समाजका विभिन्न पक्षहरू विस्तृत रुपमा सहभागी हुने, मिडिया र आदान-प्रदान आदि तरिकामार्फत विदेशका सर्वसाधारणलाई हाम्रो देशको राष्ट्रिय अवस्था, विकास हुने बाटो र परराष्ट्र नीतिबारे जानकारी दिनुका साथै स्वदेशका सर्वसाधारणलाई परराष्ट्र नीति र कार्यबारे जानकारी दिनु भन्ने रहेको हो। सबैभन्दा पहिले सार्वजनिक परराष्ट्र अमेरिका लगायतका पश्चिमी मुलुकमा उत्पन्न भएको थियो। बितेका केही वर्षयता चीन तथा विश्वबीचको सम्पर्क दिन प्रतिदिन गहन रहँदैआएको सिलसिलामा सार्वजनिक परराष्ट्र चीनको परराष्ट्रको सिर्जनशील र परिवर्तित हुने एक नयाँ विषय पनि बनिसकेको छ। बेलायतका लागि चिनियाँ पूर्व राजदूत मा चन काङ्गका अनुसार, त्यो चीनको मिलिजुली राष्ट्रिय शक्ति माथि उठेको प्रतिफल हो। चीनको सार्वजनिक परराष्ट्रको द्रूत विकासबारे चर्चा गर्दै श्री मा यसरी भन्नुहुन्छ:

        चीन तथा विश्वबीचको सम्बन्धमा ऐतिहासिक परिवर्तन देखापरेको छ। यस्तो अवस्थामा हाम्रो चीनले अझ राम्रोसँग विभिन्न किसिमका तरिकामार्फत हाम्रो नीतिको ब्याख्या गर्नुका साथै विदेशी जनतामाझ हाम्रो चीनको स्वरुप देखाउन ज्यादै आवश्यक हुनेछ।

        विश्वलाई अझ राम्रोसित चीनबारे जानकारी गराउनका लागि देशका नेतागणहरूको भ्रमण गतिबिधि सर्वप्रथम सार्वजनिक परराष्ट्रको प्रचार-प्रसार गरिने एक महत्वपूर्ण मञ्चको रुपमा बनिसकेको छ। सन् 2009को फेब्रअरीमा हिन्द महासागरीय टापु मुलुक मौरिशसले टाढाबाट आउनुभएका एकजना महत्वपूर्ण अतिथि अर्थात् चीनका राष्ट्राध्यक्ष हु चिन थाउको स्वागत गरेको थियो। ब्यस्त राजनीतिक मामिलाको अवधिमा चीनका सर्वोच्च नेताले विशेषगरी राजधानी पोर्ट लुइसस्थित चिनियाँ सांस्कृति केन्द्र पुगी चिनियाँ भाषा अध्ययनरत् स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको थियो यसबाहेक श्री हुले ती बासिन्दाहरूसँगै मिलेर चीन राष्ट्रको प्राचीन कविता पनि वाचन गर्नुभएको थियो।

        श्रोता, अहिले तपाईंले सुनिरहनुभएको आवाज राष्ट्राध्यक्ष हु चिन थाउले चिनियाँ भाषा अध्ययनरत् तत्स्थानका बासिन्दाहरूसँगै प्राचीन कविता वाचन गर्नुभएको रेकर्ड हो। स्थानीय सर्वसाधारण र सञ्चार-माध्यम लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूसित प्रत्यक्ष रुपमा आदान-प्रदान गर्ने झन् झन् बढी गतिबिधिहरू चिनियाँ नेताहरूको वैदेशिक भ्रमण अवधिमा उत्पन्न हुने गरेका छन्। मनको सम्पर्क र सभ्यताको वार्तामार्फत सार्वजनिक परराष्ट्र गतिबिधिहरूले चीन तथा विश्वबीचको दूरीलाई नजिक बनाएको मात्र नभई चीन तथा विश्वका जनताबीचको पारस्परिक समझदारी र मैत्रीपूर्ण भावनालाई पनि गहन पारेको छ।

        देशभित्रका सर्वसधारणलाई सेवा प्रदान गर्नुका साथै विश्वका विभिन्न ठाउँमा अवस्थित चिनियाँ राजदूताबास र वाणिज्य दूताबासहरूले सार्वजनिक परराष्ट्रलाई आ-आफ्नो एक महत्वपूर्ण कार्यकारी विषयको रुपमा बनाएर निरन्तर रुपमा विदेशी सर्वसाधारणका लागि चलाउने "सार्वजनिक परराष्ट्र"लाई पनि अघि बढाउँदैआएका छन्। चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत सार्वजनिक परराष्ट्र कार्यालयका प्रमुख वै सिनले यसरी जानकारी दिंदै भन्नुभयो:

        सन् 2011मा विदेशमा अवस्थित हाम्रा राजदूताबास र वाणिज्य दूताबासहरूले स्थानीय मुलुकको वास्तविक अवस्थाबमोजिम विस्तृत र गहन रुपमा सार्वजनिक परराष्ट्र कार्य चलाएका थिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह