फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सुधारको कठिन अवस्थाबाट निस्कने मुख्य उपाय वैज्ञानिक विकासलाई कायम राख्नु भन्ने रहेको

(GMT+08:00) 2012-10-24 19:09:19
  तीस वर्षभन्दा लामो समयसम्मको सुधार तथा खुलापनपछि चीनले विकास हुने बाटोमा अधिकांश समस्या र अन्तर्विरोध भेटेको छ। चीन सुधारको कठिन अवस्थाबाट कसरी मुक्त हुने र साँच्चिकै रुपमा सहज अवतरण कसरी गर्ने भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय राजनीतिज्ञ र अर्थविंदहरूले निकै बढी नजर पुर्‍याएका छन्। सबै कुराहरू अन्तर्विरोधको प्रतिद्बन्दी र एकीकृत हुने क्रममा विकसित हुँदैआएको र निरन्तर रुपमा अन्तर्विरोध फेला पारिएपछि त्यसको समाधान गर्ने गर्दछ। त्यसो हुनाले चीनलाई सुधारलाई अझ गहन पार्ने तरिकामार्फत ती समस्या तथा अन्तर्विरोधको समाधान गर्न चाहिन्छ। कुनै पनि अवस्थामा सुधार तथा खुलापनलाई कायम राख्नु र त्यसलाई गहन पार्नुको मुख्य विषय सम्पूर्ण, समन्वयात्मक र दिगो विकास हुने वैज्ञानिक विकास धारणालाई साकार तुल्याउनु नै हो।

      "सुधारको कठिन अवस्था" भनेको वास्तवमा चीनमा सुधार र खुलापन लागू भएपछि माथिल्लो तहका धेरै विषयहरू तीव्र गतिले विकसित हुँदैजाने र सशक्त आर्थिक जगसँग मेल नखाएको कारण उत्पन्न भएको एक किसिमको सीमितता हो। यसवर्ष चीनले वन चौ क्षेत्रमा चलाएको बैकिङ्ग सुधारको परीक्षण दिगो सुधार हुने एक किसिमको प्रगति नै हो।

        च च्याङ्ग प्रान्त चीनको निजी अर्थतन्त्र सबैभन्दा छिटो विकसित भएको प्रान्त हो। वन चौ क्षेत्र च च्याङ्ग प्रान्तको निजी अर्थतन्त्र विकसित भएको सबैभन्दा छिटो क्षेत्र पनि हो। चीनका प्रधानमन्त्री वन च्या पाउले च च्याङ्ग र वन चौको निरीक्षण गर्नुभएको थियो। उहाँको भ्रमणको प्रेरणामा राज्य परिषद्द्बारा औपचारिक रुपमा वन चौ बैकिङ्ग सुधार परिक्षण क्षेत्रको स्थापना गर्ने अनुमोदन गरिएको छ। वन चौको नेतृत्वमा रहेको त्यस बैकिङ्ग सुधार पहिलो पाइला मात्र हिंडेकाले मानिसहरूले त्यसको भावी विकासमा निकै ख्याल-विचार गर्दैजानेछन्।

        चीनले आर्थिक विकास गर्ने मुख्य उद्देश्य के हो ? त्यो चीनमा किन सुधार खुलापना लागू हुनुको गुदीस्वरुप समस्या नै हो। चिनियाँ पूर्व वरिष्ठ नेता तङ्ग स्याउ फिङ्गले सुधार र खुलापनको आरम्भमा "सर्वप्रथम केही मानिसलाई सम्पन्न बनाउने"विचारधारा प्रस्तुत गर्नुभएको थियो। त्यसको अर्थ के हो भने त्यति बेला अर्थात् सबैजना विपन्न अवस्थामा रहिरहेको वेलामा सानो परिधिका मानिसलाई मात्र सम्पन्न बनाउनसक्दथ्यो। ती मानिसहरू सम्पन्न भएपछि मात्र अरु मानिसलाई संयुक्त रुपमा सम्पन्न बनाउन सकिनेछ। तर चीनको सुधार र खुलापन लागू भएको तीस वर्षभन्दा लामो समयपछि विपन्न र सम्पन्न बीचको ठूलो अन्तर देखा परेकाले चीनको आर्थिक र सामाजिक विकासमा चुनौती पनि ल्याइएको देखिन्छ। तसर्थ वैज्ञानिक विकास धारणाद्बारा चीनको सुधार र खुलापनलाई निर्देशन दिइने, "जनमुखी बन्ने"विचारधारालाई कायम राख्नुका साथै सम्पूर्ण, समन्वयात्मक र दिगो विकास हुने लक्ष्यलाई साकार तुल्याउने भन्ने कुरा उक्त चुनौतीको समाधान गर्ने र सुधारको कठिन अवस्थाबाट मुक्त हुने मुख्य विषय हुनेछ।

        यस वर्षको अप्रिल महिनाको आरम्भमा आयोजित "पो आउ एशिया मञ्च"लाई सम्बोधन गर्दै चीनका उप प्रधानमन्त्री लि ख छ्याङ्गले "हामीले पुरानो ढाँचाको परिवर्तनलाई छिटो पार्नु र बनौटलाई तारतम्य मिलाउनुको मूलभूत उद्देश्य जन जीवनलाई सुधार्ने र प्रत्याभूति दिने हो "भन्ने कुरा बताउनुका साथै "बासिन्दाहरूको आम्दानी बृद्धि हुने कुरा आर्थिक विकाससँगै अघि बढ्नुपर्छ"भन्ने कुरामा जोड दिनुभएको थियो। उहाँको कुराबाट के प्रमाणित गरिएको छ भने चीनको सुधार र खुलापन तथा आर्थिक विकास वास्तवमा एक किसिमको तरिका मात्र हो। त्यसको उद्देश्य जनताको आम्दानीलाई बढाउनु र जनजीवनलाई सुधार गर्नु र प्रत्याभूति दिनु हो। त्यो "जनमुखी बन्ने"वैज्ञानिक विकास धारणा नै हो। त्यस धारणाबाट अलग भएपछि जुनसुकै विकासबारे चर्चा गर्नुको कुनै पनि अर्थ रहेको छैन।

        हामीले के देखेका छौं भने चीनको सुधार र खुलापन हुने प्रक्रियामा यसोउसो समस्या र अन्तर्विरोध अझ विशेषगरी कठिन अवस्था भेटिएको कुरा वास्तवमा वस्तुको विकासको सामान्य नियम हुन्छ। जुनसुकै मुलुकको विकास हुने प्रक्रियामा यस्तो अवस्था पनि देखा पर्नैहुन्छ। त्यसै कारण कुनै चिन्ता पनि लिनुपर्दैन। चिनियाँ नेतागणले आफ्नो राजनीतिक बुद्धि र वैज्ञानिक विकास धारणाको सदुपयोग गरेर विगतमा झैं एक अर्ब तीस करोडका परिश्रमी र इमान्दार चिनियाँ जनतालाई डोर्‍याएर चीनको सुधार र खुलापनलाई अझ गहन र उच्च तहमा पुर्‍याउनसक्ने भन्ने हाम्रो अपेक्षा रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह