फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अल्पसँख्यक जातिका प्रतिनिधी माईमाईथिच्याङ तथा वै तङ तेनको इच्छा

(GMT+08:00) 2012-10-29 19:16:36

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन आयोजना हुन लागेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका आठ करोड जना भन्दा बढी सदस्यमध्ये छानिएका दुइ हजार दुइ सय जना भन्दा बढी प्रतिनिधिले पैचिङमा भेला भएर सत्तारुढ पार्टीको भावी विकास तथा चीनको भविश्यमा महत्वपूर्ण प्रभाव पार्ने अनेकन विषयहरुबारे सँयुक्त रुपमा बैचारिक आदान-प्रदान गर्नेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनका प्रतिनिधिहरुले महत्वपूर्ण जिम्मेवारी लिएको कारण तिनीहरुलाई ठूलो आकर्षण दिइएको छ। वै तङ तेन, माईमाईथिच्याङ ती प्रतिनिधिहरुमध्येका अल्पसँख्यक जातिका सदस्यहरु हुनुहुन्छ। आजको समाचार सन्दर्भ कार्यक्रममा उहाँहरुको इच्छा तपाईंलाई सुनाउनेछौं।

          धेरै खुसी तथा हाँसो छ। खान च गाउँमा एक जना वै तङ तेन नामको व्यक्ति हुनुहुन्छ। उहाँले धेरै वटा इनारको निर्माण गर्नुभएको छ। त्यहाँका सर्वसाधारणले सफा पानी खानपाएका छन्।

          उक्त गीतमा बयान गरिएका वै तङ तेन हु पै प्रान्तको ह्वै जाति बसोबास गर्ने एउटा गाउँका व्यक्ति हुनुहुन्छ। सन् 1975मा सिपाहींको कार्यावधि समाप्त भएपछि उहाँ खान च गाउँका सर्वसाधारणद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको यस गाउँका सचिवको पदमा निर्वाचित हुनुभयो। त्यस बेलादेखि उहाँले यस पदमा सैंतीस वर्षसम्म काम गर्नुभएको छ। श्री वै तङ तेनसँग पहिलो पटक भेट्दा उहाँका ठेला उठेका हात देख्दा सबैलाई प्रभावित बनाएको छ। साट्ठी वर्षको उमेर पुग्न लागेका श्री वै तङ तेनको मनमा एउटा सरल इच्छा रहेको छ। त्यो भनेको आफ्नो घरबारका बासिन्दाहरु राम्रो जीवन विताउनु हो। उहाँ भन्नुहुन्छ,

          खान च पहाडको छवीको सुधार गर्नका लागि निर्देशकको भूमिका निर्वाह गर्नुपर्ने ठहर मैले गरेको छु। यहाँका सर्वसाधारणलाई डोर्‍याएर सँयुक्त विकास गरेर सुसम्पन्न बनाउने तथा सुखमय जीवन विताउने मेरो लक्ष्य हो। यस्तो लक्ष्य नभएसम्म म यहाँबाट हिँड्ने छैन। खान च पहाडको निर्माणका लागि आवश्यक योगदान पुर्‍याउनुपर्ने ठहर मैले गरेको छु।

          श्री वै तङ तेन बस्ने खान च गाउँ हु पै प्रान्तको सबैभन्दा दुर्गम गाउँ हो। यस गाउँबाट जिल्लासम्म मोटर-गाडी चढ्दा चार घण्टा लाग्छ। यस सैंतीस वर्षको अवधिमा श्री वै तङ तेनले खान च गाउँका ह्वै तथा हान जातिका बासिन्दाहरुलाई डोर्‍याएर पहिलेको विपन्न गाउँलाई मार्ग, विद्युत, पानी, टेलिफोन तथा टेलिभिजन सेवा भएको सम्पन्न गाउँको निर्माण गर्नुभएको छ। चालू वर्षको जुन महिनामा श्री वै तङ तेनले अत्याधिक मत हासिल गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको प्रतिनिधिमा निर्वाचित हुनुभयो। उहाँका अनुसार, आफूले दुर्गम पहाडी क्षेत्रका अल्पसँख्यक जातिका सर्वसाधारणको प्रतिनिधित्व गरेको छ। त्यसै कारण आफूले प्रतिनिधिको जिम्मेवारी राम्रोसँग वहन गरी सर्वसाधारणका आवाज तथा प्रतिक्षालाई चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनमा लानुपर्छ।

          सिन च्याङ युगुर स्वायत्त प्रदेशको बुलिखाई गाउँका वासिन्दा समितिका प्रमुख माईमाईथिच्याङ श्री वै तङ तेन जस्तै सर्वसाधारणलाई धनी बनाउने प्रमुख हुनुहुन्छ। चीन र कजाकिस्तानको सिमावर्ती क्षेत्रमा पर्ने बुलिखाई गाउँ युगुर जाति, कजाक जाति तथा हान जाति लगायत धेरै वटा जातिबाट गठित भएको छ।

          श्री माईमाईथिच्याङले बहुजातिय बसोबास क्षेत्रको रुपमा जातिय एकता क्षेत्रीय विकासका लागि निकै महत्वपूर्ण रहेको कुरा वताउनुभयो। उहाँ भन्नुहुन्छ,

           हामीले हाम्रो आफ्नो आँखाको सँरक्षण गरे जस्तै जातीय एकता राम्रोसँग गर्नुपर्छ। जातीय एकता नभएमा सामाजिक स्थिरता हुने छैन। सामाजिक स्थिरता नभएमा विकास हुने छैन। विकास नभएमा नोक्सान खाने तथा व्योहर्ने मान्छे हाम्रा सर्वसाधारण हुनेछन्।

           श्री माईमाईथिच्याङले यस गाउँका सर्वसाधारणलाई बाहिर लगेर अनुभव तथा प्रबिधि तालिम दिनुका साथै विशेषतायुक्त पशुपालन उद्योगको विकास गर्नुभयो। अहिले बुलिखाई गाउँमा गहुँको नमूना खेती, स्याउ खेती, स्तरीय घरेलु पशुपंक्षीपालनको स्थापना गरिएको छ। यस गाउँका किसानहरुको जीवनमा ठूलो परिवर्तन आएको छ। प्रति वर्ष हरेक किसानको सरदर आय आठ हजार चिनियाँ युआन भन्दा बढी पुगेको छ। जसबाट यस गाउँ एउटा प्रख्यात सम्पन्न गाउँ बनेको छ। श्री माईमाईथिच्याङले आफूले आवश्यक कुरा मात्र गरेको छ भन्दै भविश्यमा अझ राम्रोसँग काम गर्ने कुरा व्यक्त गर्नुभयो।

            चिनियाँ कम्युनिष्ट पार्टीका ती अल्पसँख्यक जातिका सदस्यहरुले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको विकासमा खेल्नुभएको महत्वपूर्ण भूमिकालाई चिनियाँ कम्युनिष्ट पार्टीका व्यापक सदस्यहरुले स्वीकार गरेका छन्। यो चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनका प्रतिनिधिहरुमध्ये अल्पसँख्यक जातिका सदस्यहरुको सँख्या निरन्तर रुपमा बढ्नुको कारण हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह