फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको नयाँ तहका प्रतिनिधि

(GMT+08:00) 2012-10-30 18:54:12

    सुधार तथा खुलापनको नीतिबाट चीनमा विशाल परिवर्तन भएको छ। नागरिक पूंजीबाट सँचालित व्यापार, विदेशी पूंजीबाट सँचालित व्यवसायका प्रबन्धक, स्वतन्त्र रुपमा काम गर्ने व्यक्ति लगायतकाहरु चीनको नयाँ सामाजिक तह बनेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको सोह्रौं महाधिवेशनमा नयाँ तहका उन्नतशील व्यक्तिहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीमा भित्र्याउने कुरा प्रस्तुत गरेदेखि यस तहमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरु निरन्तर रुपमा बढ्दै आएको छ। तीमध्येका उत्कृष्ठ व्यक्तिहरु चीनको सत्तारुढ पार्टीको सर्वोच्च संस्था-चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनका प्रतिनिधिहरुको नामावलीमा देखा परेका छन्। चालू वर्षमा आयोजना हुने चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनमा नयाँ तहका सत्ताइस जना सदस्य छन्। लखपति भएका किसान ली तङ हाई तथा लेखा परिक्षक चौ मिङ च्वे निकै आकर्षित हुनुहुन्छ। आजको समाचार सन्दर्भमा यस विषय सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

        वैलेस एक जना अमेरिकी किसान हुनुहुन्छ र म एक जना चिनियाँ किसान हुँ। विदेशीले गर्नसक्ने काम हाम्रो चिनियाँले पनि गर्नसक्ने विचार मैले त्यस बेलामा गरेको थिएँ।

        करिब बीस वर्ष बितीसकेतापनि शान तुङ प्रान्तको तङ हाई बीउ शेयर लिमिटेड कम्पनीका प्रबन्धक ली तङ हाईले त्यस वर्षमा भएको एउटा समाचारले पुर्‍याएको अनौठो भावनाको स्पष्टसँग याद गर्नुभएको छ। गत शताब्दीको साट्ठीको दशकको अवधिमा माध्यमिक विद्यालयबाट स्नातक ली तङ हाई आफ्नो गाउँ फर्केर किसान बन्नुभयो। आफ्नो बाल्यकालमा सधैं भोको अनुभव गरेबाट आफ्नो घरबारको खेतीमा धेरै मकैको उब्जनी हुनसकोस् तथा गाउँका किसानहरुलाई भोक नलागोस् भन्ने उहाँको एउटा ठूलो इच्छा थियो। उहाँले आफ्ना साथीसँग हाईब्रीड मकैको परिक्षण गर्नुभयो। त्यसको उत्पादन मात्रा परम्परागत तरिकाको भन्दा तीन गुणा बढी थियो। त्यसपछि उहाँले अमेरिकी पायनियर बीउ कम्पनीको बसन्तकालिन मकैको उत्पादन मात्रा उहाँको परिक्षणको उत्पादन मात्राभन्दा धेरै बढी भएको जानकारी पाउनुभयो। त्यसपछि उहाँले स्थायी रुपमा हाईब्रीड मकैको परिक्षण गर्दै आउनुभएको छ।

        श्री ली तङ हाईको अनुभव किंवदंतीको कथा जस्तो रहेको छ। उहाँले माध्यमिक विद्यालयको प्रमाण-पत्र मात्र प्राप्त गरेतापनि उहाँको विश्वको मकै रोप्ने इतिहासमा नाम लेखिएको छ। उहाँले अमेरिकी पायनियर बीउ कम्पनीका संस्थापक वैलेससँगै विश्वको ग्रीष्मकालीन तथा बसन्तकालीन मकैको उत्पादन मात्रा सम्बन्धी विश्व किर्तिमानको सिर्जना गर्नुभयो। गत शताब्दीको असीको दशकदेखि श्री ली तङ हाईले रकम सँकलन गरी मकैको अध्ययन केन्द्र स्थापना गर्नुभयो। धेरै वर्षपछि उहाँले चीनको पहिलो नागरिकद्वारा सँचालित कृषि विज्ञान तथा प्रबिधि सम्बन्धी व्यवसाय खोल्नुभएको थियो। सन् 2002मा श्री ली तङ हाईले अमेरिकी पायनियर बीउ कम्पनीसँग सँयुक्त रुपमा लगानी गरी "शान तुङ तङ हाई शेन फङ बीउ लिमिटेड कम्पनी"को स्थापना गर्नुभयो। त्यसपछि सन् 2005मा यस कम्पनी शन चन स्टोक बजारमा सफलताका साथ सूचिकृत भएको थियो। चीनको साधारण किसानको यो छोरा अहिले स्टोक बजारमा सूचिकृत भएको उद्योगको लखपति प्रबन्धक हुनुहुन्छ।

        चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनका सदस्यमध्ये श्री ली तङ हाई जस्तै नागरिक पूँजीद्वारा सँचालित व्यवसायका व्यापारी धेरै छन्। तीमध्ये केहि प्रख्यात व्यापारीहरूमा हु नान प्रान्तको सान यी चौङ कुङ व्यवसायका प्रबन्धक ल्याङ वन कन, ता लेन शहरको वान ता समूहका प्रबन्धक वाङ चेन लिन, च्याङ सु प्रान्तको हुङ तौ समूहका प्रमुख चौ हाई च्याङ आदि। सन् 2002मा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको सोह्रौं महाधिवशेनमा नागरिक पूँजीद्वारा सँचालित व्यवसायका सात जना व्यापारीबाट अहिले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवशेनमा नागरिक पूँजीद्वारा सँचालित व्यवसायका सत्ताइस जना व्यापारीसम्म बढेको कुराले उहाँहरुको राजनीतिक स्थान उकासिएको तथा उहाँहरुको सम्बोधन गर्ने अधिकार सबल भएको प्रतिबिम्बित भएको छ।

        चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवशेनका प्रतिनिधिहरुमध्ये नयाँ तहका अर्का प्रतिनिधि निकै आकर्षित हुनुहुन्छ। छपन्न वर्षीय चौ मिङ च्वे समस्त चीनका दुइ लाख पचास हजार जना लेखा परिक्षकमध्येका मात्रै एक जना प्रतिनिधि हुनुहुन्छ। उहाँ हु नान प्रान्तको छाङ शा शहरको एउटा लेखा परिक्षण संस्थाका एक जना जिम्मेवार व्यक्ति हुनुहुन्छ। उहाँले नयाँ सामाजिक तहको हैसियतमा लेखा परिक्षकले मुलुकको आर्थिक निर्माणको सँरक्षण गर्ने क्रममा धेरै चुनौतिको सामना गरिरहेको कुरा वताउनुभयो। उहाँ भन्नुहुन्छ,

        हामी लेखा परिक्षकहरूलाई अरु धेरै जानकारी दिन समस्त समाजलाई आह्वान गर्छौं। हामीले समाजलाई निष्पक्ष तथ्याँक सार्वजनिक गर्नुपर्छ। हामीले उपलव्ध गराएको तथ्याँक उचित नभएमा अर्थतन्त्रको सामान्य तथा स्वस्थ विकासका लागि अनुपयोगी हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह