फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सुधारलाई गहन पार्ने क्रममा विश्वसँगै मिलेर आपसी हित तथा सँयुक्त विजय प्राप्त गर्ने

(GMT+08:00) 2012-11-01 18:43:22

   सन् 1978मा चीनले सुधार तथा खुलापनको नीति लागु गरेदेखि "सुधार"भन्ने शव्द सबैले धेरै पटक सुनेको एउटा शव्द बनिसकेको छ। वितेका दर्जनौं वर्षको विकासको प्रक्रिया सिंहावलोकन गर्दा हरेक अवधि सुधारसँग घनिष्ठ सम्बन्ध रहेका छन्। उदाहरणका लागि पहिलेको आर्थिक व्यवस्थाको सुधार, ग्रामीण क्षेत्रको आर्थिक सुधार, शहरको सुधारदेखि पछिको राष्ट्रिय व्यवसायको सुधार, चिकित्सा सुधार, शैक्षिक सुधार, बैंकिंग व्यवस्थाको सुधारसम्म आदि। विभिन्न किसिमको सुधारमा भएको उपलव्धि फरक भएतापनि ती सुधारहरुबाट चीनका अर्थतन्त्र तथा समाजमा फड्कोमार्ने गरी प्रगति भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले भन्नुभएको झैं, "सुधार चीनको आर्थिक विकास तथा सामाजिक प्रगतिको स्थायी प्रेरक शक्ति हो"। वितेका बीस वर्षभन्दा बढीको अवधिमा चीनको अर्थतन्त्रको गतिशील वृद्धि वर्तमान विश्वको आर्थिक विकासको एउटा चमत्कार पनि बनिसकेको छ।

        तथापि चीनका प्रख्यात अर्थशास्त्री बयासी वर्षीय प्राध्यापक ली यी निङले हालै लण्डनमा आयोजित चीन र बेलायतको प्रकाशन सञ्चार माध्यम उद्योगको लगानी मञ्चमा बोल्दै चीनको अर्थतन्त्रले हाल प्राप्त गरेको उपलव्धी "केही समयसम्म भएको उपलव्धी"मात्रै हो र सुधारलाई अरु गहन पार्नुपर्ने कुरा औंल्याउनुभयो। पहिलेको तुलनामा एउटा फरक कुरा भनेको चीनले गर्ने सुधार चीनको आफ्नै काम मात्रै होइन, त्यो त विश्वले नै ध्यान दिएको एउटा आकर्षक विषय बनेको छ। किनभने चीनको सुधारको परिणामले विश्वमा विशाल प्रभाव पारेको छ ।

        सर्वप्रथम, सन् 2010मा जापानको सट्टामा चीन विश्वको दोस्रो आर्थिक समूह बनेको थियो। यसका साथै अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार, किनमेलको क्षमताबाट हिसाब गर्दा चीनको आर्थिक परिमाण सन् 2016मा अमेरिकालाई नाघेर विश्वको पहिलो आर्थिक समूह बन्नसक्ने सम्भावना रहेको छ। वास्तवमा युरोप तथा अमेरिकाका ‌औद्योगिक मुलुकहरु यथावत रुपमा ऋण सङ्कटमा रहेको आज चीनको अर्थतन्त्र व्यापक मुलुकहरुको इन्जिन बनेको छ। यसै कारण चालू वर्षको प्रारम्भमा चीनको आर्थिक वृद्धि मन्द गतिले बढेको कुरा भएपछि धेरै वटा पश्चिमी मुलुकहरुले विश्वको आर्थिक डाँबाडोल परिस्थिति उत्पन्न हुनसक्ने चिन्ता लिएका छन्।

        दोस्रो कुरा, विश्वको मालसामानको व्यापारमा निर्यात गर्ने पहिलो मुलुक तथा आयात गर्ने दोस्रो मुलुक चीन बनेको छ। विश्वको व्यापारिक कूल रकममध्ये चीनको बैदेशिक व्यापारको भाग तीस वर्षअघिको एक प्रतिशत भन्दा कम रहेकोबाट अहिलेको दश प्रतिशतभन्दा बढी पुगिसकेको छ। यसका साथै कतिपय मुलुकहरुले एक अर्ब सैंतीस करोड जनसङ्ख्या भएको चिनियाँ बजारलाई नजर पुर्‍याएर यस बजारमा केही लाभ प्राप्त गर्ने आशा गरेका छन्। चीनको आर्थिक विकासको क्रममा निकट भविष्यमा चीन विश्वको आयात गर्ने सबैभन्दा ठूलो मुलुक बन्नसक्नेछ।

        त्यसका अतिरिक्त, यताका केही वर्षदेखि बढीभन्दा बढी चिनियाँ व्यवसाय तथा लगानीकर्ताहरुले चीनबाट निस्केर विश्वका विभिन्न ठाउँमा विविध लगानी गरेका छन्। जसबाट चिनियाँ लगानी कतिपय मुलुकहरुको बैदेशिक लगानीका लागि सबैभन्दा महत्वपूर्ण उद्गम स्थान बनेको छ। चिनियाँ वाणिज्य मन्त्रालयका तथ्याँकका अनुसार, सन् 2009मा चीन विश्वमा विदेशमा लगानी गर्ने पाँचौं मुलुक बनेको छ। जुन विकासोन्मुख मुलुक तथा क्षेत्रहरुमध्ये पहिलो स्थानमा रहेको छ।

        उक्त सबै कुराबाट चीनको भावि सुधारलाई विभिन्न पक्षद्वारा ध्यानाकर्षण दिइएको छ। यसका साथै चीनको सुधारको अन्तर्राष्ट्रि अर्थ रहेको छ।

        अन्तर्राष्ट्रिय व्यापारको दृष्टिकोणबाट हेर्दा विदेशले वास्ता गरेको समस्या भनेको चीनले आर्थिक बनौटलाई के-कसरी चाँडै नै तारतम्य मिलाउनु हो। जसबाट विदेशका झन् बढी मालसामान चीनको ठूलो बजारमा प्रवेश गर्नसकिने र चीनसँगको व्यापार घाटा घटाउन सकिनेछ।

        त्यसबाहेक, चीनले कानुन तथा नीतिको व्यवस्थापन प्रणालीलाई के-कसरी पूर्णता दिलाउने, नीतिको पारदर्शीर्तालाई के-कसरी उकास्ने र बौद्धिक सम्पदा अधिकारको सँरक्षणलाई के-कसरी सबल पार्ने कुरा पनि व्यापक विदेशी लगानीकर्ताले ध्यान दिएको समस्या हो।

        यसका साथै अन्तर्राष्ट्रि समाजले चीनको गतिशील आर्थिक वृद्धिले विश्वका उर्जा तथा कच्चा पदार्थ बजारको माँगलाई तेज पार्नुका साथै चीनको पर्यावरणीय वातारणमा ठूलो दबाउ ल्याएको कुरालाई ध्यान दिएको छ। विश्वका करिब बीस प्रतिशतका जनसङ्ख्या भएको ठूलो मुलुकको हैसियतले चीनले वातावरणीय सँरक्षणमा गरेको जुनसुकै प्रयासले विश्वका लागि स्पष्ट लाभ पुर्‍याउनेछ।

        तथापि अन्तर्राष्ट्रिय समाजले सबैभन्दा बढी ध्यान दिएको कुरा चीनको राजनीतिक तथा सामाजिक स्थिरता हो। विभिन्न पक्षले आर्थिक व्यवस्थाको सुधारमा अनौठो सफलता प्राप्त गर्नुका साथै चीनले राजनीतिक व्यवस्थाको सुधारमा पनि अर्को चमत्कार सिर्जना गर्नसक्ने आशा गरेका छन्।

        विश्वको अर्तन्त्रमा चीनको स्थान दिन प्रतिदिन महत्वपूर्ण हुँदै आएको परिप्रेक्ष्यमा चीनको भावी सुधारको अन्तर्राष्ट्रिय अर्थ अरु गहन हुनेछ। चीनले सुधारलाई गहन पार्ने क्रममा विश्वसँगै मिलेर आपसी हित तथा सँयुक्त विजय प्राप्त गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह