फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशन सफलताका लागि पाकिस्तानका कूटनैतिक सचिवद्बारा शुभकामना

(GMT+08:00) 2012-11-02 18:19:25
    हिजो अर्थात नोभेम्बर एक तारिखका दिन पकिस्तानका कूटनैतिक सचिव जालिल अब्बास जिलानीले चीन भ्रमणको अवसरमा पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा छिटै आयोजना हुने चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशनको धेरै महत्वपूर्ण अर्थ रहेको भन्दै सो महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेको बताउनुभयो।

    श्री जालिल अब्बास जिलानीले पाकिस्तान सरकार र जनताले चीनमा आयोजना हुने चिनियाँ कम्युनिष्ट पार्टीको 18औं महाधिवेशनलाई धेरै ध्यान दिएको बताउनुभयो। उहाँले यस पटकको महाधिवेशन सफल रुपमा हुने विश्वास गरेको बताउनुभयो। उहाँले यस पटकको महाधिवेशनमा नयाँ नेतृत्व छनौट हुने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका नयाँ नेताको नेतृत्वमा चीनले विभिन्न क्षेत्रमा द्रूत गतिले विकास भएको आधारमा झन् ठूलो विकास र उपलब्धि हासिल गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह