फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"विश्वास भएर नै म चीन फर्केको"भन्ने एकजना व्यक्तिको भनाइ र बितेका दशवर्षमा चीनको आर्थिक परिस्थितिको मूल्याङ्कन

(GMT+08:00) 2012-11-02 18:51:32

   बितेका दश वर्षमा एउटा शव्द –" विश्वास"लाई धेरै पटक चर्चा गरिएको छ। बितेका दशवर्षको अवधिदेखि चीनको आर्थिक विकासले धेरै पटक चुनौतिको सामना गरेतापनि सधैं खतरनाक अवस्थाबाट जोगाएको छ। विश्वासले यस प्रक्रियामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आज विश्वको दोस्रो आर्थिक समूहको रुपमा चीनको अर्थतन्त्र निरन्तर रुपमा अघि बढ्दै आएको छ। चीनका राष्ट्रिय नेतागण अथवा सर्वसाधारणले भविष्यप्रति पूर्ण विश्वास लिएका छन्। आजको समाचार सन्दर्भ कार्यक्रममा यसै विषयसम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

        पैचिङको सूचना प्रविधिसम्बन्धी व्यवसाय केन्द्रीत भएको एउटा ठाउँमा "तेनचिङ छ्वाङख"नामक एउटा सानो व्यवसाय रहेको छ। पछिल्लो थ्री.डि. प्रबिधिको विकास गरेको यस प्रख्यात कम्पनी छन् फङ फै तथा उहाँका साथीहरुले खोल्नुभएको हो। यस कम्पनीका मेनेजरको हैसियतले तीसवर्ष उमेर भएका छन् फङ फै अहिले हरेक दिन धेरै व्यस्त हुनुहुन्छ। तथापि सन् 2004मा चिनियाँ विज्ञान तथा प्रबिधि विश्वविद्यालयबाट स्नातक छन् फङ फैले चीनमा बस्ने विचार गर्नुभएन। त्यस बेलामा उहाँले अमेरिकामा पढ्ने तयारी गरिरहनुभएको थियो। उहाँका सहपाठीहरु जस्तै उहाँले पनि आफ्नो सपना साकार तुल्याउने ठाउँ अमेरिका नै रोज्नुभयो।

        त्यसपछि श्री छन् फङ फैले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा पढ्ने अवसर पाउनुभयो। विश्वविद्यालयमा पढ्दा पढ्दै उहाँले विश्वविद्यालयबाट स्नातक भएपछि के काम गर्ने होला भनी सोच-विचार गर्नुभयो। अमेरिका तथा चीनको आर्थिक वातावरणको तुलना गरेपछि उहाँले स्नातक भएपछि इलेक्ट्रोनिक उद्योग विकसित भएको अमेरिकामा बस्ने निर्णय गर्नुभयो।

        अमेरिका गएर त्यहाँको वातावरणसँग अभ्यस्त भएपछि त्यहाँ काम गर्ने महसुस गरें। ठूलो कम्पनीमा काम गर्दा स्थिर तथा राम्रो आम्दानी गर्नसकिने थियो।

        विश्वविद्यालयबाट स्नातक भएपछि छन् फङ फैले विश्वका सबैभन्दा शक्तिशाली पाँच सयवटा कम्पनीहरुमध्येको एउटा अमेरिकी कम्पनीमा काम गर्नुभयो। त्यसपछि छोटो समयमा उहाँले एउटा परियोजनाका मेनेजर बन्नुभयो। अमेरिकामा बसेतापनि छन् फङ फैले मातृभूमिको विकासमा पनि ध्यान दिनुहुँदै आउनुभयो। आफ्नो कार्यमा विदेशका लागि चीनको खुला स्तर गतिशील भएको शिलशिलामा अमेरिका तथा युरोपका झन् झन् बढी ठूला व्यवसायले चिनियाँ बजारमा नजर पुर्‍याएका छन्। केही व्यवसायले चीनमा अरु बढी लगानी गरेका छन् भने केही व्यवसायले पैचिङ तथा शाङहाईमा अध्ययन केन्द्र स्थापना गरेका छन्। सिटीबैंकका वरिष्ठ उप-प्रबन्धक विलियम रोचले विदेशी लगानीको आँखामा चिनियाँ बजारको निहित शक्तिबारे बयान गर्नुभएको छ। उहाँ भन्नुहुन्छ,

        चीनमा विशाल परिवर्तन भएको मैले पाएँ। समुद्री तटवर्ती क्षेत्र मात्र नभई पश्चिमी क्षेत्रलगायत विभिन्न क्षेत्रको द्रूत विकास भएको छ। त्यसै कारण हामीले चीनको विकासको महत्व बुझेका छौं।

        विदेशी लगानीले चीनको अर्थतन्त्रप्रति नजर पुर्‍याएको क्रममा छन् फङ फैले पनि भविष्यमा स्वदेश फर्केर काम गर्ने विचार गर्नुभयो। त्यसबेला भएको ऋण सङ्कटबाट उहाँ चाँडै नै स्वदेश फर्कनुभयो। उहाँ भन्नुहुन्छ,

        त्यसबेला अमेरिकामा आफ्नो कम्पनी खोल्नका लागि धेरै गाह्रो थियो। सबैभन्दा मुख्य कुरा भनेको ठूलो बजारमा ठूलो असर परेको थियो।

        वास्तवमा त्यसबेला चीनको अर्थतन्त्र पनि बैंकिंग सङ्कटबाट परेको असरको रुपमा महसूस भएको थियो। बैंकिंग सङ्कटको सामना गर्न तथा अर्थतन्त्रको स्थिर तथा छिटो विकासलाई प्रत्याभूति दिनका लागि चीन सरकारले चालीस खर्ब चिनियाँ युआनको लगानीलगायत एकमुष्ठ आर्थिक पुन:रुत्थान योजना प्रस्तुत गरेको थियो। यसबाहेक, चिनियाँ नेतागणले स्वदेश र अन्तर्राष्ट्रिय ठाउँमा धेरै पटक बैंकिङ सङ्कटको सामना गर्न चीन सरकार तथा चिनियाँ जनताको विश्वास रहेको कुरा व्यक्त गर्नुभयो। यो विश्वका मुलुकहरुका नेताहरुमध्ये विरलै देखिएको कुरा थियो। चीनका प्रधानमन्त्री वन च्या पाउले सुनभन्दा पनि विश्वास बढी महत्वपूर्ण रहेको कुरा बताउनुभयो।

        यस बैंकिंग सङ्कटको सुरुमा मैले सुन तथा मुद्राभन्दा पनि विश्वास नै अरु बढी महत्पूर्ण रहेको कुरा भनेको छु। यस निर्णायक बेलामा विश्वासलाई उकास्नु निकै महत्वपूर्ण रहेको छ। विश्वास भएमा हाम्रो देशको आशा हुनेछ।

        चिनियाँ नेताको यस भनाइले छन् फङ फै चीन फर्कने विचारलाई दृढ पारेको थियो। सन् 2008मा उहाँ चीन फर्केर आफ्नो व्यापार खोल्ने अवसर पत्ता लगाउनुभयो। अहिले उहाँको कम्पनीमा दश जना जति कर्मचारी मात्र रहेतापनि यस कम्पनीको भावी विकासप्रति उहाँले पूर्ण विश्वास लिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह