फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रिय समितिको सातौं पूर्ण बैठक सम्पन्न

(GMT+08:00) 2012-11-04 18:51:55

         चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रिय समितिको सातौं पूर्ण बैठक नभेम्बर एकदेखि चारसम्म पैचिङ्गमा आयोजना भएको छ। केन्द्रिय राजनैतिक आयोगद्वारा संचालित उक्त बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

          बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय प्रतिनिधि महासभा सन् 2012को नभेम्बर आठ तारिखका दिन पैचिङ्गमा शुरु हुने निर्णय गरिएको छ।

           उक्त बैठकमा पार्टीका महासचिव हु चिन थाउले दिनुभएको कार्य प्रतिवेदन सुनाइएपछि छलफल गरिएको छ। साथै बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको सत्रौं केन्द्रिय समितिका सदस्यहरुले अठारौं राष्ट्रिय प्रतिनिधि महासभाको लागि दिइने प्रतिवेदन तथा चिनियाँ कम्युनिष्ट पार्टीको बडापत्रको संशोधित दस्तावेजबारे पनि छलफल गरेर पारित गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह