फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन सम्बन्धमा राय सुझाव लिन गोष्ठी आयोजित

(GMT+08:00) 2012-11-05 17:44:05

          चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले यसै महिनाको तीन तारिखका दिन चुङ नानहाइमा पार्टीका गैर सदस्यहरुसँग गोष्ठी आयोजना गरेको छ। उक्त गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनको सम्बन्धमा विभिन्न डेमोक्रेटिक पार्टीका सदस्यहरु, राष्ट्रिय उद्योग तथा वाणिज्य संघका तथा पार्टीविहीन प्रतिनिधिहरुसँग राय-सुझाव लिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिनथाऊले उक्त गोष्ठीको संचालन गर्नुभइ महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

           उक्त गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टीका गैर सदस्यहरुले अर्थतन्त्रको स्थिर बृद्धि, आर्थिक बनौटको परिवर्तन भन्ने लक्ष्य, चिनियाँ कम्युनिष्ट पार्टीको बहुपार्टी सहयोग अवस्था तथा राजनैतिक परामर्शदात्री सम्मेलन अवस्थाको सुधार एवम् भ्रष्टाचार विरोधी कामलाई गहन पार्ने विषयबारेमा राय-सुझाव दिए।

           ती सुझावहरु सुनेपछि पार्टीका महासचिव हु चिन थाऊले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा चीनमा सुधार तथा विकास एवम् आर्थिक बृद्धिको स्थिर भन्ने कार्य अझ गम्भीर हुँदै जाने कुरा औंल्याउनुभयो। साथै उहाँले भन्नुभयोः यसै सन्दर्भमा पहिले देखा नपरेका चुनौती तथा मौकाको सामु हामीले चुनौतीको सक्रिय सामना गरी सुधार तथा खुलापन एवम् समाजबादी आधुनिकिकरण निर्माणलाई अघि बढाउनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह